५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्लबले मलाई धोका थियो, प्रशिक्षकप्रति मेरो सम्मान छैन: रोनाल्डो

२८ कार्तिक २०७९, सोमबार ०८:४२

कात्तिक २८, काठमाडौं | इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आफूलाई ‘धोका’ दिएको क्रिष्टियानो रोनाल्डोले बताएका छन्।

आफूलाई धोका दिएको र क्ललबाट बाहिरिन बाध्य बनाइएको महसुस गरेको रोनाल्डोले उल्लेख गरेका हुन्।

पियर्स मोर्गनलाई दिएको बिस्तारित अन्तर्वार्ताको क्रममा पोर्चुगिज खेलाडी रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा आफ्नो खेलजीवन बारे बताएका हुन्।


उनले गएको अगस्टमा आफ्नो पक्ष बताउने उल्लेख गरेका थिए। उनी लगातार म्यानचेस्टर युनाइटेडको टिमबाट बाहिर अर्थात् बेन्चमा रहन बाध्य छन्।

रोनाल्डोको भनाइबारे अहिलेसम्म म्यानचेस्टर युनायटेडले टिप्पणी गरेका छैन। युनाइटेडले आइतबार राति भएको खेलमा फुलह्यामलाई २-१ ले पराजित गरेको थियो, ऊ प्रिमियर लिगको पाँचौँ स्थानमा छ।

रोनाल्डोले आफूलाई क्बलबाट निकाल्नका लागि भएको प्रयासबारे अन्तर्वार्ताको क्रममा भनेका छन्, ‘त्यो प्रयास भएको छ, प्रशिक्षक मात्रै नभएर क्लबका अरू दुई-तीन व्यक्ति पनि लागि परेका छन्। मलाई धोका महसुस भइरहेको छ।’

३७ वर्षका रोनाल्डोले आफूलाई क्लबका उच्च अधिकारले के भन्लान् वा आफूलाई असर पर्ला भन्ने कुनै चिन्ता नरहेको भन्दै सर्वसाधारणले सत्य जान्न पाउनु पर्ने उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘केही व्यक्तिहरू म यहाँ भएको देख्न चाहेका छैनन्। यो वर्ष मात्रै होइन, गएको वर्ष पनि यस्तो भएको थियो।’

रोनाल्डोले गएको नोभेम्बर ६ यता खेलेका छैनन्। उनले प्रशिक्षक टेन हागप्रति सम्मान नरहेको पनि बताएका छन्।

उनले भने, ‘उनीप्रति मेरो सम्मान छैन, किनकि उनले मप्रति सम्मान देखाएनन्। यदि कसैले मलाई सम्मान गर्दैन भने उसलाई पनि मैले कहिल्यै सम्मान गर्दिनँ।’

रोनाल्डोसँगको अन्तर्वार्ता आउँदो बुधबार र बिहीबार प्रशारण हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर