६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भलिबलमा उदाउँदा रवि

२८ कार्तिक २०७९, सोमबार १०:००

कात्तिक २८, काठमाडौं | अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लागि यू-२३ राष्ट्रिय टिमको खुला छनोटमा परेपछि रवि केसी खेल करिअरको नयाँ मोडमा आइपुग्नु भएको छ । 

बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि पहिलो चरणमा छानिएका २० खेलाडीमध्ये उहाँ अग्रस्थानमा छन् । उहाँ आइतबारदेखि बन्द प्रशिक्षणमा हुनुहुन्छ । 

नेपाल भलिबल सङ्घले खुला छनोटबाट आएका खेलाडीलाई एक महिनाको अभ्यासपछि अन्तिम १४ मा झार्दै राष्ट्रिय टोली निर्माण गर्नेछ । उक्त टोली आगामी पुस ५ देखि ११ गतेसम्म बङ्गलादेशमा सञ्चालन हुने अन्तर्राष्ट्रिय खेलमा नेपालका तर्फबाट भाग लिनेछ । 

बङ्गलादेश भलिबल फेडेरेशनको आयोजना तथा सेन्ट्रल एसियन भलिबल एशोसिएशनको संयोजनमा  प्रतियोगिता हुन लागेको हो । 

नेपालले पहिलो पटक यू–२३ राष्ट्रिय टोली निर्माण गरी भाग लिन लागेको प्रतियोगिता खेल्न पाउनेमा २२ वर्षीय केसी ढुक्क हुनुहुन्छ । 

“खेलाडीका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने इच्छा थियो”, केसीले भन्नुभयो, “टोलीमा पक्कै पर्छु भन्ने लागेको छ, मेहनत पनि त्यसै अनुसार गरिहेको छु ।” 

दुई वर्षअघि काठमाडौँमा सम्पन्न भएको ‘एनभिए कप’बाट उनले राष्ट्रियस्तरको प्रतियोगितामा रविले डेब्यु गर्नु भएको थियो । गलकोट स्पोर्टस् क्लबबाट प्रतियोगितामा उत्कृष्ट खेल्दै धेरैको मन जित्नु भएको थियो । ओपन स्पाइकर रविले त्यसता ‘टाइगर कप’ हुँदै हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट खेल्नुभएको थियो । 

१४-१५ वर्षको उमेरदेखि भलिबल खेल सुरु गर्नुभएका केसीले अहिलेसम्म कुनै औपचारिक प्रशिक्षण भने लिनुभएको छैन । 

“प्रतियोगिताका बेला हुने सामान्य अभ्यासबाहेक नियमित प्रशिक्षण लिने अवसर पाएको छैन”, उहाँले भन्नुभयो, “अहिलेसम्म कुनै क्लबमा पनि आवद्ध भएको छैन ।”

यहाँको गलकोट नगरपालिका–७ मल्ममा जन्मनु भएका केसी गाउँमै भलिबल खेल्दै र सिक्दै आउनुभएको हो । 

जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष योगश भण्डारीले खेल कौशल र अनुशासनमा केसी अब्बल रहेको बताउनुभयो  । 

“अब अन्तिम १४ मा परेर रविले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेमा हामी विश्वस्त छौँ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “उनलाई राष्ट्रिय टोलीमा पार्न हाम्रो प्रयत्न रहन्छ ।” 

रविलाई सानैदेखि भलिबलतिर आकर्षित गर्न सुरेन्द्र केसीको नाम अघि आउँछ । उहाँ हाल गलकोट भलिबल टिमका प्रशिक्षक समेत हुनुहुन्छ । रवि र सुरेन्द्रले सँगैसँगै थुप्रै प्रतियोगिता खेलेर टोलीलाई जिताउनु भएको छ । 

“रविले सुरुमा वडास्तरीय प्रतियोगिताबाट खेल जीवन सुरु गर्नु भएको हो, मैले नै धेरै ठाउँमा उनलाई अघि सारेर भलिबल सिकाएको हुँ”, प्रशिक्षक केसीले भन्नुभयो, “रवि कुशल स्पाइकर हुन्, अनुशासन र इमान्दारिता उनको अर्को सम्पत्ति हो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प