६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कप्ताननै हुन्छु भन्ने कहिल्यै सोचेको थिइन : रोहित

२९ कार्तिक २०७९, मंगलवार १०:३३

कात्तिक २९, काठमाडौँ | राष्ट्रिय फुटबल टिमका कप्तान रोहित चन्दले पाकिस्तान नेपालका लागि सधैं कठिन प्रतिस्पर्धी हुने बताएका छन्। बुधबार दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै पहिलो पटक कप्तान बनेका रोहितले आफू कप्ताननै बन्छु भन्ने कहिले नसोचेको बताए।


‘हाम्रो तयारी राम्रो छ, तर नेपालका लागि पाकिस्तान सधैं कठिन प्रतिस्पर्धी हुने गरेको छ,' कप्तान रोहितले भने, 'पहिलो पटक कप्तान बनेको छु। तर, मैले यसलाई धेरै ठूलो कुराको रुपमा लिएको छैन। देशको प्रतिनिधित्व गर्नु नै ठूलो कुरा हो।’

पछिल्लो समय राष्ट्रिय खेलाडीको अस्ट्रेलिया पलायनबारे बोल्दै रोहितले भने, 'घरेलु फुटबलको संरचना राम्रो भएको भए, सबैजना यहीँ खेलिरहेका हुन्थे। राष्ट्रिय टिम पनि राम्रो हुन्थ्यो, बलियो हुन्थ्यो। राम्रा खेलाडीहरू पलायन हुँदैछन्, यसले नेपाली फुटबल अप्ठ्यारो अवस्थामा पुग्न सक्छ। तर, भएकामध्ये टिम राम्रो बनेको छ।’

पाकिस्तानले लामो समय नखेलेको भए पनि नेपालका लागि कठिन प्रतिस्पर्धी रहेको दोहोर्‍याउँदै रोहितले भने, ‘हामी आफ्नो उत्कृष्ट दिन्छौं ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प