६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईलाई तीन विकेटले पराजित गर्दै नेपालको उत्कृष्ट जित, निर्णायक खेल शुक्रबार हुने

३० कार्तिक २०७९, बुधबार १०:३३

कात्तिक ३०, काठमाडौं | युएईलाई तीन विकेटले पराजित गर्दै नेपालले दोस्रो ओडिआई युएईलाई तीन विकेटले पराजित गरेको छ ।

खराब ब्याटिङका कारण खेलको मध्यतिर ५ विकेट गुमाईसकेको नेपालको लागि युवा ब्याटर गुलशन झा र आरिफ शेखले सातौं विकेटका लागि उत्कृष्ट साझेदारी गरेपछि नेपालले दोस्रो ओडिआई युएईलाई पराजित गर्न सफल भएको हो । योसँगै तीन ओडिआई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । यस अघि जारी सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित भएको थियो । जारी सिरिजको तेश्रो खेल शुक्रबार हुनेछ । 


नेपालले जितको लागि पाएको १ सय ९२ रनको लक्ष्य ४७.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५८ बलमा ३ चौकासहित ३३ रनमा अविजित रहे भने सोमपाल कामीले अविजित रही १६ बलमा २ चौकासहित १६ रन बनाए । 

खेलमा उत्कृष्ट ब्याटिङ गरेका गुलशन झाले ४९ बलमा ४ चौका र १ छक्कासहित ३७ रन बनाएर आउट भए । गुलशनको यो ओडिआई करिअरको सबैभन्दा सर्वाधिक रन हो । त्यस्तै नेपालका लागि कुशल भुर्तेलले ५२ बल खर्चिएर ६ चौकासहित ३६ रन बनाएर बोल्ड आउट भए ।

आजको खेलमा स्पिनर रोहन मुस्तफाले १३ औं ओभरको पाँचौं बलमा कप्तान रोहित पौडेललाई ८ रनमा एलबीडब्लू आउट गरे । स्वीप सट खेलेका रोहितको गल्भ्समा लागेपनि एम्पायरले आउट दिएका थिए ।

त्यस्तै खेलमा ज्ञानेन्द्र मल्लले २६ रन बनाएर आउट भए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले १३ रन बनाएर बोल्ड आउट भए । 

खेलमा युएईका लागि स्पिनर रोहन मुस्तफाले १० ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । त्यस्तै हजरत बिलालले दुई र बासिल हामिदले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले ४३.२ ओभरको खेलमा १ सय ९१ रन बनाएर अल आउट भएको थियो । युएईका लागि ओपनर मोहम्मद वासिम ४६ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५० रन बनाएका थिए ।

युएईले नेपाल बिरुद्ध आक्रामक सुरुवात गरेपनि नेपालले उसको उच्च रन बनाउने सम्भावनालाई तिदेको थियो । जसको कारण नेपालले ४३.२ ओभरमै युएईलाई अलआउट गर्न सफल भयो । युएका ओपनर मोहम्मद वासिम र वृत्य अरविन्दले ११.५ ओभरको खेल खेल्दा ७२ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । उक्त सुरुवातलाई दीपेन्द्रसिंह ऐरीले तोडेका थिए । त्यसपछि युएईले लगातार विकेट गुमाएको थियो । 

नेपालको लागि सोमपाल कामीले ७.२ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए भने ललित राजवंशीले १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । त्यस्तै कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा र करण केसीले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प