६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल बिरुद्धको खेलमा युएईका खेलाडीले बलमा थुक लगाएपछि…

३० कार्तिक २०७९, बुधबार ११:०९

कात्तिक ३०, काठमाडौँ । काठमाडौँमा जारी दोस्रो ओडिआई खेल अन्तर्गत दोश्रो खेलमा युएईका युवा ब्याट्सम्यान एलिशान शराफुले बलमा थुक लगाएकै कारण नेपालले पेनाल्टी स्वरूप पाँच रन प्राप्त गर्यो । 

कोरोना महामारीपछि लगाइएको नियम अनुसार बलमा थुक लगाउन प्रतिबन्ध गरिएको छ । सोहि प्रतिबन्ध उल्लङ्घन भएको कारण नेपालले युएईबिरुद्ध ५ रन सित्तैमा प्राप्त गरेको हो । नेपालले सित्तैमा पाएको ५ रनसंगै कुशल भुर्तेलले लगातार तीन चौका प्रहार गरेका थिए ।

केहि बेर अघि सम्पन्न खेल नेपालले आफ्नो पक्षमा पारिसकेको छ । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले युएईलाई तीन विकेटले पराजित गर्दै जित हाँशिल गरेको हो । 

सुरुवातमा खराब ब्याटिङका कारण खेलको मध्य स्कोरसम्ममा ५ विकेट गुमाईसकेको नेपालको लागि युवा ब्याटर गुलशन झा र आरिफ शेखले सातौं विकेटका लागि उत्कृष्ट साझेदारी गरेपछि नेपालले दोस्रो ओडिआई युएईलाई पराजित गर्न सफल भएको हो । योसँगै तीन ओडिआई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । 

यस अघि जारी सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित भएको थियो । जारी सिरिजको तेश्रो खेल शुक्रबार हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प