६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबल हेर्न ५ सय रुपैयाँ तिर्नुपर्ने प्रावधान कायम, सर्वोच्चले दिएन अन्तरिम आदेश

३० कार्तिक २०७९, बुधबार ११:२८

कात्तिक ३०, काठमाडौँ | सर्वोच्च अदालतले विश्वकप फुटवल प्रतियोगिताको प्रत्यक्ष प्रशारण विवादमा शुल्क उठाउने कुरा स्वेच्छिक भएको र केही खेल नि:शुल्क समेत हेर्न पाइने भनेको छ। 

न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र मनोज शर्माको इजलासले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागबाट प्रचलित कानुन बमोजिम स्वीकृति लिइ तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी दिन प्रचलित विनिमय दरमा सटही सुविधा प्रदान भइ प्रसारण गर्न खोजेको भनेको छ। 


‘वर्ल्ड कप फुटवल २०२२ मा निवेदकले माग गरेको अन्य विषयवस्तुहरू विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भइ प्रस्तुत निवेदनको अन्तिम टुङ्गो लाग्दाका बखत प्रत्येक पहलुमा विचार भइ निरुपण हुने छ,’ आदेशमा भनिएको छ, ‘सुविधा र सन्तुलनको दृष्टिकोणले हालको प्रारम्भिक अवस्थामै यस अदालतबाट कात्तिक ७ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्न नमिलि अन्तरिम आदेश जारी गर्न मिलेन।’ 

खेल हेरेबापत अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था र त्यसविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि नेपालमा विश्वकपको प्रत्यक्ष प्रशारण हेर्न पाउने विषयमा अन्योल भएको थियो। सर्वोच्चले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै  मीडिया हबले शुल्क लिएर विश्वकप प्रत्यक्ष प्रशारण गर्न पाउने  भएको छ। 

‘विश्वकप प्रसारण गर्न छुट्टै ५०० शुल्क तिरी छुट्टै टीभी च्यानलमार्फत् फुटबलका उपभोक्ताले हेर्न पाउने कुरा नियमित नभइ नितान्त स्वेच्छिक देखिन्छ,’  आदेशमा भनिएको छ, ‘विपक्षी मिडिया हब प्रालि र हिमालय टेलिभिजन नेटवर्क प्रालिबीच भएको सम्झौतामा केही खेलहरु नि:शुल्क प्रसारित गर्नुपर्ने देखिएको र महत्त्वपूर्ण इभेन्टसहरू निःशुल्क हेर्न पाइने अवस्था समेत देखिन आएको छ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प