२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबल हेर्न ५ सय रुपैयाँ तिर्नुपर्ने प्रावधान कायम, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७९, ३० कार्तिक बुधबार ११:२८

कात्तिक ३०, काठमाडौँ | सर्वोच्च अदालतले विश्वकप फुटवल प्रतियोगिताको प्रत्यक्ष प्रशारण विवादमा शुल्क उठाउने कुरा स्वेच्छिक भएको र केही खेल नि:शुल्क समेत हेर्न पाइने भनेको छ। 

न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र मनोज शर्माको इजलासले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागबाट प्रचलित कानुन बमोजिम स्वीकृति लिइ तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी दिन प्रचलित विनिमय दरमा सटही सुविधा प्रदान भइ प्रसारण गर्न खोजेको भनेको छ। 


‘वर्ल्ड कप फुटवल २०२२ मा निवेदकले माग गरेको अन्य विषयवस्तुहरू विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भइ प्रस्तुत निवेदनको अन्तिम टुङ्गो लाग्दाका बखत प्रत्येक पहलुमा विचार भइ निरुपण हुने छ,’ आदेशमा भनिएको छ, ‘सुविधा र सन्तुलनको दृष्टिकोणले हालको प्रारम्भिक अवस्थामै यस अदालतबाट कात्तिक ७ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्न नमिलि अन्तरिम आदेश जारी गर्न मिलेन।’ 

खेल हेरेबापत अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था र त्यसविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि नेपालमा विश्वकपको प्रत्यक्ष प्रशारण हेर्न पाउने विषयमा अन्योल भएको थियो। सर्वोच्चले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै  मीडिया हबले शुल्क लिएर विश्वकप प्रत्यक्ष प्रशारण गर्न पाउने  भएको छ। 

‘विश्वकप प्रसारण गर्न छुट्टै ५०० शुल्क तिरी छुट्टै टीभी च्यानलमार्फत् फुटबलका उपभोक्ताले हेर्न पाउने कुरा नियमित नभइ नितान्त स्वेच्छिक देखिन्छ,’  आदेशमा भनिएको छ, ‘विपक्षी मिडिया हब प्रालि र हिमालय टेलिभिजन नेटवर्क प्रालिबीच भएको सम्झौतामा केही खेलहरु नि:शुल्क प्रसारित गर्नुपर्ने देखिएको र महत्त्वपूर्ण इभेन्टसहरू निःशुल्क हेर्न पाइने अवस्था समेत देखिन आएको छ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित