६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिस्टियानो रोनाल्डोलाई कुनै हालतमा म्यानचेस्टर युनाइटेडले नखेलाउने दाबी

१ मंसिर २०७९, बिहीबार ०६:३१

मङ्सिर १, काठमाडौँ । इंग्ल्यान्डको प्रभावशाली फूटबल क्लब म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई कुनै हालतमा खेलाउन नहुने व्यवस्थापक एरिक टेन ह्यागले क्लबका अधिकारीहरूलाई बताएको भनी विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले खरब दिएका छन् । 


रोनाल्डोले बेलायतका टीभी प्रस्तोता पियर्स मोर्गनलाई दिएको सनसनीपूर्ण अन्तर्वार्तामा आफूलाई क्लबले धोका दिएको बताएपछि टेन ह्यागको निर्देशन आएको हो । 

आफूलाई टेन ह्यागले सम्मान नगरेको आरोप रोनाल्डोले लगाए । सोमवार टेन ह्यागले क्लबका सहअध्यक्ष जोएल ग्लेजरसँग कुराकानी गरेका थिए । त्यसमा उनीहरूले रोनाल्डोविरुद्ध अनुशासनको कारवाही चलाउने विषयमा चर्चा गरेका थिए । 

रोनाल्डोका टिप्पणीहरू अस्वीकार्य रहेको पनि टेन ह्यागले क्लबका शीर्ष अधिकारीहरूलाई बताएका छन् । कतारमा हुने विश्वकप फूटबलपछि रोनाल्डोलाई कुनै हालतमा पनि क्लबबाट खेल्न नदिने उनले स्पष्ट पारेको बताइएको छ । 

युनाइटेडले आइतवार फुलहमलाई २–१ गोलको अन्तरले हराएपछि युनाइटेड क्लबले रोनाल्डोको अन्तर्वार्ताका बारेमा थाहा पाएको थियो । रोनाल्डोका दाबीहरूमा कस्तो प्रतिक्रिया जनाउने भनी क्लबले कानूनी सल्लाह लिइरहेको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प