नाइजेरियाविरुद्ध पोर्चुगलको सहज जित

Posted on: 18 Nov, 2022

मंसिर २, काठमाडौँ | ब्रुनो फर्नाण्डेजको दुई गोलको मद्दतमा पोर्चुगलले मैत्रीपूर्ण खेलमा नाइजेरियालाई ४–० ले पराजित गरेको छ । बिहिबार राति लिस्बोनमा भएको विश्वकप अघिको मैत्रीपूर्ण खेलको जितमा स्टार खेलाडी क्रिटियोनो रोनाल्डो भने टोली साथ रहेनन् । 

यस खेलसँगै पोचुगल विश्वकपको लागि दोहा प्रस्थान गर्नेछ । बेन्फिकाका १९ वर्षीय रक्षक एन्टोनियो सिल्भाले प्लेइङ सेटमै डेब्यु गरेका थिए । खेलको नवौं मिनेटमै ब्रुनोले अग्रता लिएका थिए भने ३५ औं मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्न सफल भए । दोस्रो हाफको अन्त्यतिर पोर्चुगलले दुई गोल थप्यो |


रामोसले ८२ औं मिनेटमा तेस्रो गोल गरेका थिए । त्यस्तै मारियोले ८४औं मिनेटमा चौथो गोल गरेका थिए । 

पोर्चुगल विश्वकपको समूह एच मा छ । जुन समूहमा घाना, उरुग्वे र दक्षिण कोरिया छन् । २२ नोभेम्बरमा घानासँग खेल्दै पोर्चुगलले विश्वकप यात्रा सुरु गर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!