२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईविरुद्धको तेस्रो तथा अन्तिम खेलमा यूएईले नेपाललाई दियो मध्यम लक्ष्य

२ मंसिर २०७९, शुक्रबार ०७:०८

मंसिर २, काठमाडौँ | नेपालले यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल जित्न १ सय ७७ रनको मध्यम लक्ष्य पाएको छ । नेपालका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि निर्णायक खेलमा ब्याटिङ गर्न आएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ७६ रन बनायो ।


नेपालबाट गुलशन, दीपेन्द्र र कुशलले २–२ विकेट लिए । दीपेन्द्रले १० ओभरमा ३ मेडन राख्दै २२ रन खर्चे । ललित राजवंशीले १० ओभरमा २ मेडन राख्दै २० रनमात्र खर्चेर १ विकेट लिए ।

नेपालले अलराउन्डर करण केसीको स्थानमा हरिशंकर शाहलाई प्लेयिङ ११ मा राखेको छ । हरिशंकरले यसै शृंखलाको पहिलो खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

शृंखला १–१ को बराबरीमा छ । यूएईले पहिलो खेलमा नेपाललाई सजिलै ८४ रनले पराजित गरेको थियो । नेपालले दोस्रो खेल ३ विकेटले जित्दै शृंखला बराबरीमा ल्याएको थियो । नेपालले यस खेल जितेमा पहिलो पटक घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जित्ने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु पृथ्वी जयन्तिको अवसरमा राप्रपा नेपालद्वारा निकालिएको र्‍याली नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसहित सबै पुर्खाहरू प्रति उच्च सम्मान व्यक्त गर्दछुः प्रधानमन्त्री ओली जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल लमजुङ केन्द्रबिन्दु भएर गयो भूकम्प पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले गरे माल्यार्पण आज काठमाडौँका यी स्थानमा विद्युत आपूर्ति नहुने चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियो पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन