२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईलाई पराजित गर्दै नेपाल घरेलु मैदानमा पहिलो पटक शृंखला जित्न सफल

२०७९, २ मंसिर शुक्रबार १०:१३

मंसिर २, काठमाडौँ | आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला २–१ ले जितेको छ । नेपालले १ सय ७७ रनको लक्ष्य ४०.१ ओभरमा पुरा गर्‍यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो एकदिवसीय खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले श्रृङ्खला जितेको हो। तीन खेलको श्रृङ्खलामा नेपालले दुई खेल जित्यो। पहिलो खेल भने यूएईले जितेको थियो।


शुक्रबार यूएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको छ। नेपालका लागि आशिफ शेखले ८८, ज्ञानेन्द्र मल्लले ६४ रन, रोहित पौडेलले १० र अर्जुन साउँदले नौ रन बनाए।

यूएईका लागि हजरत बिलाल र आयन अफ्जल खानले एक-एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले राम्रो शुरूआत गर्न सकेन। नौ विकेटको क्षतिमा १७६ रन मात्रै बनाउन सक्यो।

यूएईका लागि आयान अफ्जल खानले अर्धशतक प्रहार गरे। उनले अन्तिम विकेटका लागि हजरत बिलालसँग ८३ रनको साझेदारी गरे।

यो अन्तिम विकेटका लागि भएको चौथो ठूलो साझेदारी हो। बिलालले २० रन बनाए।

त्यस्तै, नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले दुई-दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट लिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन