२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१७ वर्षीय आयन सर्वोत्कृष्ट खेलाडी

२०७९, २ मंसिर शुक्रबार १२:००

मंसिर २, काठमाडौँ | युएईका १७ वर्षीय युवा अलराउन्डर आयन अफ्जल खान नेपालसँग तीन ओडिआई खेलमा प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् ।

युएईले तीन खेलको सिरिज १–२ ले गुमाएपनि आयनले सानदार अलराउन्ड प्रदर्शनका साथ सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । आयनले सर्वोत्कृष्ट खेलाडी वापत ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । अफ्जल खानले तीन खेलमा ८४ रन बनाउनुको साथै पाँच विकेट लिँदै सानदार प्रदर्शन गरे ।


पहिलो खेलमा नेपालविरुद्ध नै ओडिआईमा डेब्यू गरेका आयनले २६ रन बनाउँदै ४ विकेट लिएका थिए । युएईलाई ८४ रनको जित दिलाउन आयनले १० ओभरमा ४ मेडन राख्दै १४ रन खर्चेर ४ विकेट लिँदै यादगार प्रदर्शन गरेका थिए । दोस्रो खेलमा आयनले दुई रन बनउँदा ३३ रन खर्चेका थिए ।

तेस्रो खेलमा आयन खानले ५४ रनको अविजित इनिङ खेले । एक समय ९३–९ को दयनीय अवस्थामा पुगेको युएईलाई १ सय ७६ रन सम्म पुर्याउन आफ्नो करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए । आयनले एक विकेट लिए । अथोडक्स स्पिनर आयनले तीनै खेलमा प्रभावशाली प्रदर्शन गरेका थिए ।

युएई पहिलो खेलमा ८४ रनले विजयी हुँदै सिरिजमा सानदार सुरुवात गरेको थियो । तर त्यसपछि तीन विकेट र ६ विकेटले पराजित हुँदै सिरिज गुमायो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित