६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबल अपडेट: अर्जेन्टिनामाथि साउदी अरेबियाको जित

६ मंसिर २०७९, मंगलवार १२:४८

मङ्सिर ६, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत समूह 'सि'मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ ।

कतारको लुसाइल स्टेडियममा आज भएको खेलमा साउदी अरेबियाले उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

खेलमा पहिलो आग्रता भने अर्जेन्टिनाले लियो । कप्तान लियोनल मेस्सीले खेलको १०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई १–० को आग्रता दिलाए । साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए । तर अर्जेन्टिनाको आग्रता लामो समयसम्म टिक्न सकेन ।

पहिलो हाफमा १-० ले पछि परेको साउदीले दोस्रो हाफमा दुई गोल ग¥यो । खेलको पहिलो हाफमा फितलो खेल प्रदर्शन गरेको साउदीले दोस्रो हाफको सुरुवातदेखि नै अर्जेन्टिनालाई दबाबमा राखेको थियो । 


खेलको ४९औं मिनेटमा साउदीका सालेह अल सेहरीले गोल गर्दै खेल बराबरीमा ल्याए । फेरास अल्ब्रिकानको पासमा क्रिस्टियन रोमेरोलाई बिट गर्दै उनले गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको पाँच मिनेटमै साउदीका सालेम अल दसारी गोल गर्दै २-१ गोलको आग्रता बनाए । सालेमले पेनाल्टी क्षेत्रको भित्रबाट गरेको प्रहार गोलमा परिणत  भएको थियो । 

जितसँगै साउदीले तीन अङ्क जोडको छ । आजै हुने दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डि’मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल अहिले साँझ ६ः४५ बजे सुरु हुनेछ ।-

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प