२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जेन्टिनालाई जितेको खुसियालीमा साउदीले भोली सार्वजनिक बिदा दिने

२०७९, ६ मंसिर मंगलवार १६:३३

मङ्सिर ६, काठमाडौँ । कतारमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार भएको खेलमा अर्जेन्टिनालाई जितेको खुसियालीमा साउदी अरेवियाले भोली बुधाबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

यसै अवसरमा साउदी स्थित नेपाली दुतावास समेत बन्द रहने नेपाली दुतावासले सूचना जारी गर्दै साउदीमा रहेका नेपालीहरुलाई जानकारी दिएको छ ।

दुतावासका अनुसार फुटबलमा जित हाँशिल गरेको अवसरमा साउदी अधिराज्यभरका सम्पूर्ण सरकारी कार्यालय, निजी क्षेत्र, क्याम्पस तथा विद्यालयमा सार्वजनिक विदा दिने निर्णय साउदी सरकारले गरेको हो । साउदी स्थित नेपाली दुतावासले सूचनामा उल्लेख गरेको छ 'हामी पनि यो अपूर्व खुसियालीको क्षण साउदी सरकार र नागरिकहरूसँग  बाँड्न चाहान्छौं। टिम-साउदीलाई धेरै धेरै बधाई । आगामी खेलहरूमा पनि यस्तै उत्कृष्ट नतिजा हासिल होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छौं ।'

मंगलबार भएको समूह ‘सी’ को आफ्नो पहिलो खेलमा कतारको छिमेकी मुलुक समेत रहेको साउदी अरेबियाले दुई पटकको च्याम्पियन अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेको छ ।


साउदीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै अर्जेन्टिनामाथि शानदार जितसहित विश्वकप सुरु गरेको हो । उपाधिको मुख्य दाबेदार रहेको अर्जेन्टिनाले भने पहिलो खेलमै पराजय भोग्नुपर्यो । यस हारपछि अर्जेन्टिनाले लगातार ३६ खेलको अपराजित यात्रा पनि टुंगिएको छ ।

यसअघि अर्जेन्टिनासँग चार खेल खेल्दा एक खेल पनि जित्न नसकेको साउदी अरेबियाले अर्जेन्टिनालाई पहिलो पटक पराजित गरेको हो ।

सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग सेमिफाइनलमा पराजित भएयता ३६ खेलमा अपराजित अर्जेन्टिना उच्च लयका साथ कतार पुगेको थियो । विश्वकपअघि अभ्यास खेलमा युएईलाई ५–० ले पराजित गरेको थियो । तर मुख्य प्रतियोगितामा भने अर्जेन्टिना पहिलो खेलमै पराजित भयो ।

लुसेल आइकोनिक स्टेडियममा लिओनल मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनाले पहिले अग्रता लिएको थियो । साउदीका साउद अब्दुलहामिदले लिएन्ड्रो परेडेसलाई फउल गरेपछि भिएआरको सहयोगमा अर्जेन्टिनाले पेनाल्टी प्राप्त गरेको थियो, जसमा कप्तान मेसीले सहजै गोल गर्दै अग्रता दिलाए । उक्त गोलसँगै मेसी चार विश्वकपमा गोल गर्ने पहिलो अर्जेन्टिनी खेलाडी बने । उनले यसअघि २००६, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए भने २०१० मा गोल गर्न सकेनन् ।

त्यसपछि अर्जेन्टिनाले गरेको तीन गोल अफसाइड भएको थियो । २८औं मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल भिएआरले अफसाइड देखाएपछि अर्जेन्टिना अग्रता दोब्बर बनाउनबाट बन्चित भयो ।

पहिलो हाफमा अर्जेन्टिनाले १–० को अग्रता कायम राख्यो । दोस्रो हाफमा भने साउदी अरेबिया सुरुदेखि नै अर्जेन्टिनामाथि हावी बन्यो र पाँच मिनेट अन्तरमा दुई गोल गर्यो ।

४९औं मिनेटमा सालेह अल शेहरीले साउदी अरेबियाका लागि बराबरी गोल फर्काए । बराबरी गरेपछि कन्फिडेन्ट देखिएको साउदीका लागि सालेम अल दावसारीले अर्को गोल गर्दै २–१ को अग्रता दिलाए ।

त्यसपछि अर्जेन्टिनाले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन । अर्जेन्टिनाका केही प्रहारलाई साउदी गोलकिपर मोहम्मेद खालिल अल ओवाइसले बचाए । इन्जुरी टाइममा साउदी अरेबियाका अब्दुलेलाह अल अमरीले गोल लाइनबाट बल क्लियर गरेका थिए ।

उपाधि दाबेदार अर्जेन्टिनाले पहिलो खेलमा पराजित भएपछि अब नकआउट चरण पुग्न बाँकी दुई खेल जित्नैपर्ने दबाब बढेको छ । अर्जेन्टिनाले अब मेक्सिको र पोल्याण्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ