६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जेन्टिनालाई जितेको खुसियालीमा साउदीले भोली सार्वजनिक बिदा दिने

६ मंसिर २०७९, मंगलवार १६:३३

मङ्सिर ६, काठमाडौँ । कतारमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार भएको खेलमा अर्जेन्टिनालाई जितेको खुसियालीमा साउदी अरेवियाले भोली बुधाबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

यसै अवसरमा साउदी स्थित नेपाली दुतावास समेत बन्द रहने नेपाली दुतावासले सूचना जारी गर्दै साउदीमा रहेका नेपालीहरुलाई जानकारी दिएको छ ।

दुतावासका अनुसार फुटबलमा जित हाँशिल गरेको अवसरमा साउदी अधिराज्यभरका सम्पूर्ण सरकारी कार्यालय, निजी क्षेत्र, क्याम्पस तथा विद्यालयमा सार्वजनिक विदा दिने निर्णय साउदी सरकारले गरेको हो । साउदी स्थित नेपाली दुतावासले सूचनामा उल्लेख गरेको छ 'हामी पनि यो अपूर्व खुसियालीको क्षण साउदी सरकार र नागरिकहरूसँग  बाँड्न चाहान्छौं। टिम-साउदीलाई धेरै धेरै बधाई । आगामी खेलहरूमा पनि यस्तै उत्कृष्ट नतिजा हासिल होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छौं ।'

मंगलबार भएको समूह ‘सी’ को आफ्नो पहिलो खेलमा कतारको छिमेकी मुलुक समेत रहेको साउदी अरेबियाले दुई पटकको च्याम्पियन अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेको छ ।


साउदीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै अर्जेन्टिनामाथि शानदार जितसहित विश्वकप सुरु गरेको हो । उपाधिको मुख्य दाबेदार रहेको अर्जेन्टिनाले भने पहिलो खेलमै पराजय भोग्नुपर्यो । यस हारपछि अर्जेन्टिनाले लगातार ३६ खेलको अपराजित यात्रा पनि टुंगिएको छ ।

यसअघि अर्जेन्टिनासँग चार खेल खेल्दा एक खेल पनि जित्न नसकेको साउदी अरेबियाले अर्जेन्टिनालाई पहिलो पटक पराजित गरेको हो ।

सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग सेमिफाइनलमा पराजित भएयता ३६ खेलमा अपराजित अर्जेन्टिना उच्च लयका साथ कतार पुगेको थियो । विश्वकपअघि अभ्यास खेलमा युएईलाई ५–० ले पराजित गरेको थियो । तर मुख्य प्रतियोगितामा भने अर्जेन्टिना पहिलो खेलमै पराजित भयो ।

लुसेल आइकोनिक स्टेडियममा लिओनल मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनाले पहिले अग्रता लिएको थियो । साउदीका साउद अब्दुलहामिदले लिएन्ड्रो परेडेसलाई फउल गरेपछि भिएआरको सहयोगमा अर्जेन्टिनाले पेनाल्टी प्राप्त गरेको थियो, जसमा कप्तान मेसीले सहजै गोल गर्दै अग्रता दिलाए । उक्त गोलसँगै मेसी चार विश्वकपमा गोल गर्ने पहिलो अर्जेन्टिनी खेलाडी बने । उनले यसअघि २००६, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए भने २०१० मा गोल गर्न सकेनन् ।

त्यसपछि अर्जेन्टिनाले गरेको तीन गोल अफसाइड भएको थियो । २८औं मिनेटमा लाउटारो मार्टिनेजले गरेको गोल भिएआरले अफसाइड देखाएपछि अर्जेन्टिना अग्रता दोब्बर बनाउनबाट बन्चित भयो ।

पहिलो हाफमा अर्जेन्टिनाले १–० को अग्रता कायम राख्यो । दोस्रो हाफमा भने साउदी अरेबिया सुरुदेखि नै अर्जेन्टिनामाथि हावी बन्यो र पाँच मिनेट अन्तरमा दुई गोल गर्यो ।

४९औं मिनेटमा सालेह अल शेहरीले साउदी अरेबियाका लागि बराबरी गोल फर्काए । बराबरी गरेपछि कन्फिडेन्ट देखिएको साउदीका लागि सालेम अल दावसारीले अर्को गोल गर्दै २–१ को अग्रता दिलाए ।

त्यसपछि अर्जेन्टिनाले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन । अर्जेन्टिनाका केही प्रहारलाई साउदी गोलकिपर मोहम्मेद खालिल अल ओवाइसले बचाए । इन्जुरी टाइममा साउदी अरेबियाका अब्दुलेलाह अल अमरीले गोल लाइनबाट बल क्लियर गरेका थिए ।

उपाधि दाबेदार अर्जेन्टिनाले पहिलो खेलमा पराजित भएपछि अब नकआउट चरण पुग्न बाँकी दुई खेल जित्नैपर्ने दबाब बढेको छ । अर्जेन्टिनाले अब मेक्सिको र पोल्याण्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प