मङ्सिर ७, काठमाडौँ | दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अस्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद सुरुआत गरेको हो ।
फ्रान्सको जितमा ओलिभए जेरुले दुई गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरे । अष्ट्रेलियाका क्रेग गुडविनले एक गोल गरे । खेलको ९ मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर फ्रान्सका लागि खेलको २७ औँ मिनेटमा राबिओटले बराबरी गोल फर्काए । खेलको ३२ औँ मिनेटमा जेरुले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । खेलको ६८ औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए । खेलको ७१ औँ मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ४–१ को सहज जित निकालेको हो ।
जितसँगै फ्रान्सले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह ‘डी’को फ्रान्स शीर्ष स्थानमा छ । अस्ट्रेलियाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।