६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा आजदेखि दोस्रो चरणका खेल, यी टिमको हुँदै छ भिडन्त

९ मंसिर २०७९, शुक्रबार ०५:४५

मंसिर ९, काठमाडौं | विश्वकप फुटबलमा आजदेखि दोस्रो चरणका खेल हुँदै छन्। यसअघि पहिलो चरणमा सबै टोलीले एक/एक खेल खेलेका छन्। सबै टोलीले ३/३ खेल खेलेपछि अन्तिम १६ मा जाने देशको टुंगो लाग्ने छ। 

अन्तिम १६ बाट नकआउट चरणका खेल सुरु हुनेछन्। पहिलो चरणमा अर्जेन्टिना, जर्मनीजस्ता पूर्व विश्वविजेता हारेका छन्। अब दोस्रो चरणका खेलपछि धेरै समूहको आगामी यात्राको टुंगो लाग्ने छ। 

विश्वकपमा आजदेखि दोस्रो चरणका खेल, यी टिमको हुँदै छ भिडन्त

दोस्रो चरणमा भेट हुँदै छन् यी टोली

मंसिर ९ 

दोस्रो चरणको पहिलो खेलमा वेल्स र इरान दिउँसो ३ः४५ मा भेट हुँदा आयोजक राष्ट्र कतारले सेनेगलसँग नेपाली समय अनुसार ६ः४५ बजे खेल्नेछ। 

त्यही बेलुका ९ः४५ बजे  नेदरल्यान्ड्स  इक्विडर भिड्दा मध्यरात १२ः४५ बजे इङ्ल्यान्ड र अमेरिका आमनेसामने हुनेछन्।

मंसिर १०

दिउँसो ३ः४५ बजे ट्युनिसिया र अष्ट्रेलिया भिड्दा, रोवर्ट लेवान्डोस्कीको टिम पोल्याण्डले साँझ ६ः४५ मा साउदी अरेवियाको सामना गर्नेछ।

पहिलो खेल मध्यरातमा खेल्ने फ्रान्सको दोश्रो खेल भने बेलुका ९ः४५ बजे सुरु हुनेछ। यो समयमा फ्रान्स र डेनमार्क भिड्नेछन्। 

तर लियोनल मेस्सीको खेल हेर्न भने मध्यरातसम्म कुर्नु पर्नेछ। समूह चरणको दोश्रो खेलमा अर्जेन्टिना र मेक्सीको राति १२ः४५ बजे भिड्नेछन्। 

मंसिर ११

एसियन पावरहाउस जापान र कोष्टारिकाबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुँदा त्यसै साँझ ६ः४५ बजे बेल्जियम र मोरक्को भेट हुनेछन्।बेलुका ९ः४५ बजे क्रोयसियाले क्यानडासँग खेल्दा मध्यरातको खेल प्रतिक्षा लायक हुनेछ। त्यो रात दुई ठूला टिम स्पेन र जर्मनी १२ः४५ मा आमनेसामने हुनेछन्।

मंसिर १२ 

दिउँसो ३ः४५ मा क्यामरुनले सर्वियासँग खेल्दा ६ः४५ मा दक्षिण कोरिया र घाना भिड्नेछन्। ९ः४५ मा ब्राजिलले स्वीजरल्याण्डसँग खेल्दा त्यो मध्यरात पोर्चुगल र उरुग्वे भिड्ने छन्। 

मंसिर १३ गतेबाट समूहका अन्तिम चरणका खेल सुरु हुनेछन्। अन्तिम चरणमा भने एउटै समूहमा दुई खेल हुनेछन्। एउटा समूहका सबै टोली एकसाथ भिड्नेछन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प