२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलद्वारा स्विटजरल्यान्ड पराजित, नकआउट चरणमा स्थान पक्का

२०७९, १२ मंसिर सोमबार १८:०२

मङ्सिर १२, काठमाडौँ। फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को खेलमा ब्राजिलले स्विटजरल्यान्डलाई पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गरेको छ ।

सोमबार रंगशाला ९७४ मा ब्राजिलले क्यासेमिरोको गोल मार्फत १-० गोल अन्तरले स्विटजरल्यान्डलाई पराजित गर्यो । पहिलो हाफमा ब्राजिलको लगातार आक्रमणका बाबजुत पनि गोल स्कोर बन्न सकेन । दोस्रो हाफमा ब्राजिलका भिनीसियसले गरेको गोल भीएआरले मान्यता नदिँदा ब्राजिलले अग्रता लिन सकेन । तर  खेलको ८३ ओम निनेटमा क्यासेमिरोले उत्कृष्ट गोल गर्दै ब्राजिललाई लगातार दोस्रो जित दिलाएका हुन् । उनले पेनाल्टी क्षेत्रभित्र रोड्रीगोले दिएको पासलाई पहिलो टचमै गोल गर्न सफल भए । 


यसअघि समूह जी कै खेलमा क्यामरुन र सर्बियाले ३-३ को बराबरी खेले । दुवै टोली बराबरी खेलेपछि त्यसको फाइदा ब्राजिललाई भएपछि ब्राजिलले नाकआउट चरणको यात्रा पक्का गरेको छ । जितसँगै २ खेलमा ६ अंकसाथ ब्राजिल समूहको शीर्षस्थानमा उक्लिएको छ । स्विटजरल्यान्डको ३ अंक छ भने सर्बिया र क्यामरुनले १-१ अंक जोडेका छन् । अब अन्तिम चरणको खेलमा क्यामरुनले ब्राजिल र सर्बियाले स्विटजरल्यान्डको सामना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित