२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा आजबाट नकआउट चरणका खेल सुरु

२०७९, १७ मंसिर शनिबार ०८:२८

मङ्सिर १७, काठमाडौँ | विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन् । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल नेपाली समय अनुसार ८ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स विश्वकको क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ ।

नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ पुगेको थियो भने अमेरिका समूह ‘बी’ को उप–विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । अमेरिका पनि आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ ।

आज हुने दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच हुनेछ । अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै उपाधि दाबेदार मानिएको अर्जेन्टिना क्वाटरफाइनलमा पुग्ने योजनामा छ भने अष्ट्रेलिया पनि विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा पुग्ने योजनामा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार