६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप क्रिकेट लिग-२: नेपाल स्कटल्याण्डसँग पराजित

१८ मंसिर २०७९, आईतवार १४:५५

मङ्सिर १८, काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।

नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा आज भएको खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेटले पराजित भएको हो । यस जितसँगै स्कटल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । नेपालले स्कटल्याण्डलाई जितका लागि एक सय ३८ रनको लक्ष्य दिएको थियो । जवाफमा स्कटल्याण्डले ३२ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । 

स्कटल्याण्डका क्रिस्टोफर मिकब्राइडले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ४७ बलमा सात चौकासहित ४३ रनको योगदान दिएका हुन् । त्यस्तै ब्रेन्डन म्याकमलन ३२ रनमा अविजित रहे भने माइकल लिस्कले २२ रन बनाए । ओपनर जर्ज मुन्शेले १७ रन जोड्दा म्याथ्यु क्रसले १३ रन बनाए । 

नेपालका ललितनारायण राजवंशी, गुलशन झा र सागर ढकालले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३७ रनमा समेटिएको थियो । नेपालका गुलशन झाले २९ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाए । 


त्यसैगरी ज्ञानेन्द्र मल्लले ३९ बलमा तीन चौकासहित २५ रन जोडे भने कुशल भुर्तेलले १७ रन बनाए । दीपेन्द्रसिंह ऐरी नौ रनमा आउट हुँदा करण केसीले आठ रन जोडे । आसिफ शेख सात रनमा ‘क्याच आउट’ भए भने सागर ढकालले चार तथा ललितनारायण राजवंशीले तीन रन जोडे ।

स्कटल्याण्डका क्रिस सोलले तीन विकेट लिँदा मार्क वाटले दुई विकेट लिए । ब्रेन्डन म्याकमलन, शफ्यान शरिफ र माइकल लिस्कले समान एक–एक विकेट झारे । 

यसअघि भएको नेपाल र नामिबियाबीचको पहिलो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अङ्क जोडेका थिए । नेपालले अब बुधबार नामिबियासँग खेल्नेछ । स्कटल्याण्ड ३० खेलमा २१ मा जित र ७ मा हारका साथ ४४ अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको हो । नेपाल २२ खेलमा ८ मा जित र १२ मा हारसहित १८ अङ्क जोड्दै छैटौँ स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै