५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्जेन्टिना भर्सेस नेदरल्याण्ड्स : फेरि पनि नजर मेसीमै

२३ मंसिर २०७९, शुक्रबार ०८:४८

मङ्सिर २३, काठमाडौँ । एजेन्सी | कतारमा जारी विश्वकप अन्तर्गत आज राति पौने १ बजे अर्जेन्टिना र नेदरल्याण्ड्सबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।

यो खेललाई लिएर अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक चर्चामा छन् । आफ्नो अन्तिम विश्वकप हुने बताइसकेका मेसी कतारमा विश्वकप ट्रफी उचाल्दै त्यसलाई सुखद बनाउने लक्ष्यमा छन् ।

अर्जेन्टिनाको यात्रा कहाँसम्म पुग्छ भन्ने धेरै हदसम्म मेसीकै प्रदर्शनमा टिकेको हुन्छ । पछिल्लो पटक सन् १९८६ मा डिएगो म्यारडोनाको कप्तानीमा अर्जेन्टिनाले विश्वकप जितेको थियो । त्यसको ३६ वर्षपछि मेसी अर्जेन्टिनालाई विश्वकप जिताउने अभियानमा छन् ।


उपाधिबाट तीन खेल मात्र टाढा रहेको अर्जेन्टिनाले त्यसका लागि पहिले क्वाटरफाइनलमा नेदरल्याण्ड्सको चुनौती पार गर्नुपर्ने छ ।

समूह चरणको पहिलो खेलमै साउदी अरेबियासँग २-१ को अप्रत्याशित हारपछि मेसीकै प्रेरणादायी प्रदर्शनमा मेक्सिको र पोल्याण्डलाई हराएर अर्जेन्टिना नकआउट चरणमा पुगेको थियो ।

प्रिक्वाटर फाइनलमा मेसी र युलियन अल्भारेजको गोलमा अष्ट्रेलियालाई हराएर अर्जेन्टिना क्वाटरफाइनल पुगेको हो ।

अर्जेन्टिनाले ८ वर्षपछि क्वाटरफाइनल खेल्न लागेको हो । सन् २०१४ मा फाइनल पुगेको अर्जेन्टिना २०१८ को विश्वकपमा अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो ।

मेसीको अन्तिम विश्वकपलाई सुखद बनाउने लक्ष्यमा रहेको अर्जेन्टिनाले नेदरल्याण्ड्स विरुद्ध २०१४ को नतिजालाई निरन्तरता दिने लक्ष्य राखेको छ ।

अर्जेन्टिनासँग खेल्न लागेको नेदरल्याण्ड्स विश्वकपमा अभागी टिम हो । तीन पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेदरल्याण्ड्स ८ वर्षपछि विश्वकपमा फर्कँदै क्वाटरफाइनल पुगेको हो ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलसम्म पुगेको नेदरल्याण्ड्स अर्जेन्टिनासँग पराजित भएको थियो ।

डच टिमले पनि ८ वर्षपछि क्वाटरफाइनल खेल्न लागेको हो । यी दुई टोलीबीच खेल हुने लागेको पनि ८ वर्षपछि पहिलो पटक हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी