६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश, ब्राजिल पेनाल्टीमा चुक्यो

२३ मंसिर २०७९, शुक्रबार १७:५१

मङ्सिर २३, काठमाडौँ । पेनाल्टी सुटआउटमा चुक्दा क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ब्राजिललाई ४-२ ले स्तब्ध पार्दै क्रोएसिया लगातार दोस्रो पटक टाइब्रेकरमा जित हासिल गर्न सफल भयो ।


कतार स्थित एजुकेसन सिटी रंगशालामा प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि संघर्ष गरे । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा ब्राजिलले अग्रता लिएपनि क्रोएसियाले खेल बराबरी गर्यो । त्यसपछि खेल टाइब्रेकरमा पुग्यो । 

टाइब्रेकरमा क्रोएसियाका निकोलस भ्लासिचले पहिले पेनाल्टी हान्ने मौकालाई सदुपयोग गर्दै गोल अग्रता दिलाए । त्यसको जवाफमा ब्राजिलका रोड्रीगोको प्रहारलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले उत्कृष्ट बचावट गरेपछि ब्राजिल स्तब्ध बन्यो । 

खेलमा दोश्रो र तेश्रो पेनाल्टीलाई पनि क्रोएसियाले सदुपयोग गर्यो । त्यसको बिरुद्धमा ब्राजिलले दुई लगातार गोल गर्यो । क्रोएसियाको लागि चौथो प्रहारमा क्रोएसियाका मिस्लाभ ओर्सिचले गोलरक्षक एलिसनलाई बिट गर्दै अग्रता कायम राखे । त्यसको बिरुद्ध ब्राजिलको चौथो प्रहार चुक्न पुग्दा क्रोएसिया बिजयी बन्यो । पेनाल्टीमा चौथो प्रहार गरेका ब्राजिलका मार्किन्हसले पोस्टमा प्रहार गर्दा बलले गोलको दिशा लिन सकेन ।


यो जित संगै क्रोएसिया सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको छ । अघिल्लो खेलमा जापानलाई पनि क्रोएसियाले टाइब्रेकरमा नै पराजित गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै