२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्चुगललाई स्तब्ध पार्दै अफ्रिकी राष्ट्र मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा

२०७९, २४ मंसिर शनिबार १७:०३

मङ्सिर २४, काठमाडौँ । कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल थुमामा रंगशालामा १-० को जित दर्ता गर्दै मोरक्को विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।


खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे । पोस्टतर्फ आक्रामक बनेको मोरक्कोले युसुफ एन नेसरीको गोलमा खेलको ४२ औं मिनेटमा सुरुवाती अग्रता बनायो । बदलामा पोर्चुगलले आफ्नै पकडमा बल पारे पनि पटकपटक गोल गर्ने अवसरहरु गुमायो ।खेलको पहिलो हाफमा क्रिस्टियानो रोनाल्डो मैदान बाहिरनै थिए । खेल मोरक्कोको पक्षमा गएपछि रोनाल्डोलाई मैदान प्रवेश गराइयो । साथै पोर्चुगलले जोआओ क्यान्सेलोलाई मैदान प्रवेश गरायो । त्यसपछि लगातार आक्रमण गरेको पोर्चुगलले गोल गर्न भने सकेन ।

खेलको ८३ औं मिनेटमा पोर्चुगलको लागि गोलरक्षक बोनोले उत्कृष्ट बचाउ गर्दै खेलमा मोरक्कोको अग्रता कायम राखे । रोनाल्डोको पासमा जोआओ फेलिक्सले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई बोनोले बचाएका थिए । 

खेलको इन्जुरी समयमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेंलो कार्ड पाएर रातो कार्ड खाँदै मैदान बाहिरीए । त्यसपछि दश खेलाडीमा समेटिएको मोरक्कोले पोर्चुगलको आक्रामक गोल हान्ने प्रयासलाई पटकपटक विफल बनाउदै विश्वकपको सेमिफानललाई आफूलाई पुर्याउन सफल बन्यो ।

आजको जितसँगै मोरक्कोले सेमिफाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग खेल्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन