६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोनाल्डोका लागि विराट कोहलीको भावुक पोस्ट

२६ मंसिर २०७९, सोमबार ०५:३६

मङ्सिर २६, काठमाडौँ | कतारमा चलिरहेको विश्वकप फुटबलबाट पोर्चुगल बाहिरिएको छ । क्वाटरफाइनलसम्म यात्रा तय गरेको पोर्चुगल बाहिरिएसँगै पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकपको ट्रफी उचाल्ने सपना पनि अन्त्य भएको छ । आफ्नो यो सपना अन्त्य भएको रोनाल्डो स्वयंले बताएका थिए ।

क्वाटरफाइनलमा मोरक्कोसँग पराजित पोर्चुगलले हारे पनि रोनाल्डोप्रति समर्थन र संवेदना विश्वभरबाट मानिसहरुले देखाइरहेका छन् ।

यहीबीच भारतीय क्रिकेटर विराट कोहलीले पनि रोनाल्डोका लागि एक भावुक पोस्ट लेखेका छन् ।


‘कुनै पनि ट्रफी तथा टाइटलले रोनाल्डोबाट यो छिन्न सक्दैन जुन तपाईंले खेलबाट विश्वभरका प्रशंसकहरुलाई दिएका छौ, कुनै पनि उपाधिले यो बताउन सक्दैन कि तपाईंले मानिसको जीवनमा कस्तो प्रभाव छोड्नु भएको छ,’ विराटले लेखेका छन्, ‘यो भगवानबाट मिलेको एउटा पुरस्कार हो, यो एउटा आशीर्वाद हो र कठिन परिश्रम तथा समर्पणको प्रतीक हो । तपाईं जो कोही खेलाडीका लागि एक प्रेरणा हुनुहुन्छ, मेरा लागि तपाईं सर्वश्रेष्ठ हुनुहुन्छ ।’

स्वीट्जरल्याण्डविरुद्धको खेलमा रोनाल्डोलाई बेन्चमा राखिएको कारण पोर्चुगलको टोलीको आलोचना भइरहेको छ । उनले क्वार्टरफाइनलमा मोरक्कोविरुद्धको पहिलो हाफमा पनि खेलेनन् तर दोस्रो हाफमा मैदानमा उत्रिएका थिए ।पोर्चुगल हार्दा रोनाल्डो मैदानमा भावुक देखिन्थे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै