६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबल: फाइनल प्रवेशका लागि आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

२७ मंसिर २०७९, मंगलवार ०३:२१

मङ्सिर २७, काठमाडौँ | कतारमा जारी विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (मंगलबार) हुँदैछ । सेमिफाइनलको पहिलो खेलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्नेछ । कतारको लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो पटक विश्वकपको फाइनल पुग्ने योजनामा हुनेछ । सन् २०१८ मा रुसमा भएको विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग पराजित भएको थियो । क्रोएसिया उपविजेतामै सीमित भएकाले यो पटक फेरि फाइनल पुगेर उपाधि उचाल्ने दाउमा छ । क्रोएसियाका कप्तान लुका मोड्रिच पनि आफ्नो अन्तिम विश्वकप यादगार बनाउने योजनामा छन् । 

त्यस्तै, अर्जेन्टिना सन् २०१४ पछि पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउने योजनामा छ । अर्जेन्टिना उक्त विश्वकपको फाइनलमा जर्मनीसँग १-० ले पराजित हुँदै उपविजेतामा सीमित भएको अर्जेन्टिना यसपटक च्याम्पियन बन्ने दाउमा छ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको करियरको अन्तिम विश्वकप भएकाले पनि मेसी आफ्नो टिमलाई उपाधि जिताउँदै अन्तर्राष्ट्रिय खेल जीवनलाई सुखद अन्त्य गर्न चाहन्छन् । 

दुई पटकको विश्व विजेत बनेको अर्जेन्टिना तेस्रो उपाधि पनि जित्ने योजनामा हुनेछ । अर्जेन्टिनाले सन् १९७८ र १९९६ को विश्वकप जितेको थियो ।

अहिलेसम्मको नतिजा हेर्दा अर्जेन्टिना र क्रोएसिया पाँच पटक भिडेका छन् । पाँच खेलमा क्रोएसिया र अर्जेन्टिना दुवैले दुई-दुई खेल जितेका छन् भने एक खेल बराबरीमा टुंगिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै