बीचैमा खेल छोडेर हिँडेका वाइटले खोले विश्वकप छोडेर लण्डन फर्किनुको कारण

Posted on: 13 Dec, 2022

मङ्सिर २७, काठमाडौँ | इंग्ल्याण्ड विश्वकपबाट बाहिरिएपछि बीचैमा खेल छोडेर हिँडेका डिफेन्डर बेन वाइटले आफू विश्वकप टोलीबाट बाहिरिनुको कारण सार्वजनिक गरेका छन्। 

उनले कतारबाट देश फर्किनुको दोष सहायक प्रशिक्षक स्टिभ हल्याण्डमाथि लगाएका छन्। थ्री लायन्सका प्रशिक्षक गारेथ साउथगेटले निजी कारणले गर्दा वाइटले टिम छोडेको बयान यसअघि दिएका थिए। 


तर, फ्रान्ससँग पराजित भएपछि उनले आफू बाहिरिनुको कारण हल्याण्डको अमानवीय व्यवहारलाई दिएका छन्। 

आर्सनलका खेलाडीहरूले वाइटले विश्वकप टोली छोड्ने निर्णयको समर्थन गरेका थिए। हल्याण्डले उनीमाथि खेलमा ध्यान नदिएको आरोप लगाएका थिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!