६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेस्सीले भने, ‘यो मेरो अन्तिम विश्वकप हो’

२८ मंसिर २०७९, बुधबार ०५:४१

मङ्सिर २८, काठमाडौँ | अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् ।

पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल डिसेम्बर १८ मा आइतबार हुनेछ ।


दोस्रो सेमिफाइनल मोरक्को र डिफेन्डिङ च्याम्पियन फ्रान्सबीच हुनेछ । क्रोएसियाविरुद्धको खेलमा मेस्सीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनले पेनाल्टीमा गोल गर्नुका साथै अल्भारेजको एक गोलमा असिस्ट पनि गरेका थिए ।

खेलपछि मेस्सीले भने,  ‘विश्वकपमा फाइनल खेलेर आफ्नो यात्रा समाप्त गर्न पाउँदा निकै खुसी छु । यो वास्तवमा निकै सुखद छ । यो विश्वकपमा जे भयो, त्यो निकै भावनात्मक रह्यो । अर्जेन्टिनाका मानिसहरूले यसको कति आनन्द लिनुभयो भनेर हेर्नु पनि निकै सुखद रह्यो । अर्को विश्वकप आउन अझै लामो बाटो छ । म त्यति लामो समयसम्म गर्न सक्छु जस्तो लाग्दैन । यसरी विश्वकपको यात्रा समाप्त गर्नु शानदार हो । ’

३५ वर्षीय मेस्सीको यो पाँचौं विश्वकप हो । मेस्सीको यात्रा अचम्मको छ र उनले हरेक उपलब्धि हासिल गरेका छन् । उनको खातामा विश्वकप मात्र छैन । मेस्सीले यस विश्वकपमा उपाधि जितेर आफ्नो सपना पूरा गर्ने आशा राखेका छन् ।

मेस्सीले कीर्तिमानी सात पटक विश्वकै उत्कृष्ट फुटबलरको अवार्ड जितेका छन् । उनले एक पटक फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड पनि जितेका छन् । उनले चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । उनले गत वर्ष कोपा अमेरिकाको उपाधि पनि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै