६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

६ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा कमब्याक गर्दै सन्दीप लामिछाने

१ फाल्गुन २०७९, सोमबार ०५:४५

फागुन १, काठमाडौँ | सन्दीप लामिछानेले करिब ६ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्दैछन्। विश्वकप लिग–२ क्रिकेटअन्तर्गत मङ्गलवारदेखि घरेलु मैदानमा सुरु हुने त्रिदेशीय एकदविशीय अन्तर्राष्ट्रिय शृङ्खलामा सन्दीप नेपाली टोलीका महत्त्वपूर्ण सदस्य रहने छन् । उनीमाथि नेपाली क्रिकेट समर्थककाे ठूलाे भराेसा छ ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा लामिछाने विरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। गत असोज २० गते विदेशबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका सन्दीपलाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।

नेपाल क्रिकेट संघ–क्यानले धरौटीमा छुटेपछि निलम्बन फुकुवा गर्दै सन्दीपलाई राष्ट्रिय टोलीमा बोलाएको हो। सन्दीप पक्राउ पर्नुअघि अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर उच्च लयमा रहेका थिए। प्रशिक्षक मन्टी देसाई सन्दीपलाई आफूले के गर्नुपर्छ भनेर राम्रोसँग थाहा भएको बताउँछन्।

सन्दीपलाई हालै मात्र पाकिस्तानका विश्व चर्चित ब्याट्सम्यान मोहम्मद रिजवान भेट्न आएका थिए। सन्दीपको हौसला र मनोबल बढाउन रिजवान नेपाल आएको बुझिएको छ। 

सन्दीप सन् २०१६ देखि नेपालको सिनियर राष्ट्रिय टोलीबाट खेलिरहेका छन्। उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३० खेलका २९ पाली खेल्दै ६९ विकेट लिएका छन्। उनी सबैभन्दा बढी एकदिवशीय अन्तर्राष्ट्रिय विकेट लिने नेपाली बलर हुन्। सन्दीपले यो फर्म्याटमा एकै खेलमा ६ पटकसम्म कम्तीमा ४ विकेट र दुई पटकसम्म कम्तीमा ५ विकेट लिएका छन्। उनले एकै खेलमा ११ रन खर्चिएर ६ विकेट लिएको इतिहास छ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको बलिङ इकोनोमी ४.०२ रहेको छ। यस्तै उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४४ खेलमा ८५ विकेट लिएका छन्। उनी सर्वाधिक टी–२० अन्तर्राष्ट्रिय विकेट लिने नेपाली बलर हुन्। सन्दीपले एकपटक कम्तीमा ५ विकेट र दुई पटक कम्तीमा चार विकेट लिएका छन्। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको बलिङ इकोनोमी ६.४ रहेको छ। उनले लिस्ट ए क्रिकेटमा ५४ खेल खेलेकामा एक सय १५ विकेट लिएका छन् भने टी–२० क्रिकेटमा एक सय ३६ खेलमा एक सय ९३ विकेट हात पारेका छन्। सन्दीप जारी विश्वकप लिग–२ मा सर्वाधिक विकेट लिने बलरको सुचीमा २० खेलमा ४२ विकेटसहित चौथो स्थानमा छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ