६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोहित र कुशलबीच कीर्तिमानी साझेदारी, नेपाल बलियो स्थितिमा

२ फाल्गुन २०७९, मंगलवार १०:३४

फागुन २, काठमाडौँ | विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध अहिले भइरहेको खेलमा नेपालका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र कप्तान रोहित पौडेलले शानदार ब्याटिङ गरेका छन् ।

२८६ रनको लक्ष्य पाएको नेपालका लागि यी दुई ब्याटसम्यानले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरिसकेका छन् । नेपालले ३३ ओभरमा २ विकेट गुमाएर १८६ रन जोडेको छ । नेपाललाई अब १७ ओभरमा १०० रन आवश्यक छ ।


भुर्तेल ८१ र रोहित ७२ रनमा खेल्दैछन् । यी दुईबीच १३३ रनको साझेदारी भइसकेको छ । नेपालले ५३ रन जोड्दा दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्ललाई व्यक्तिगत २५ रनमा गुमाएको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यति ठुलो लक्ष्य यसअघि पुरा गर्न सकेको छैन ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २५५ रनसम्मको लक्ष्य पूरा गरेको इतिहास छ । सन् २०१९ को जनवरीमा नेपालले दुबईमा यूएईले दिएको २५५ रनको लक्ष्य पूरा गरेको थियो ।

तर नेपालले तेस्रो पालीमा यसअघि २८६ रनसम्म बनाएको इतिहास छ । सन् २०२२ को मार्चमा नेपालले कीर्तिपुर मैदानमा पपुआ न्युगिनीले दिएको २९३ रनको लक्ष्य पछ्याउनेक्रममा २ सय ८६ रनसम्म बनाएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय श्रृंखलामा नामिबिया विरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरी र देव खनालले पपुवा न्यूगिनी विरुद्ध २०२२ मार्च २६ मा बनाएको १२९ रनको साझेदारीको कीर्तिमान राेहित र कुशलले तोडेका छन् ।

खेलमा ३३ ओभरको अन्तिम बलमा भुर्तेलले चौका प्रहार गर्दै १८६ रन बनाउँदा हालसम्मको सबैभन्दा धेरै रनको साझेदारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ