६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नामिबियाले स्कटल्यान्डलाई दियो १५४ रनको लक्ष्य

३ फाल्गुन २०७९, बुधबार ०६:५१

फागुन ३, काठमाडौँ | लो हान्ड्रे लौरेन्सको अर्धशतकप्रेरित नामिबियाले विश्वकप क्रिकेट लिग- २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा स्कटल्यान्डलाई १५४ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाएर १५३ रनको योगफल तयार गर्‍यो। नामिबियाका लागि ओपनिङमा आएका लौरेन्सले ८८ बलमा पाँच चौकासहित ५४ रन बनाएका थिए।

स्कटल्यान्डको सकिट बलिङसामू संघर्षरत नामिबियाले सात ब्याटरलाई १० भन्दा कम रनमा गुमाउनु परेको थियो। लौरेन्सबाहेक विकेटकिपर–ब्याटर जेन ग्रीनले ३५ बलम २५ रन जोड्दा अन्य पाँच ब्याटर सस्तैमा समेटिए। यस्तै, बर्नार्ड स्कोल्जले ३९ बलमा तीन चौका र एक छक्कासहित ३० रन बाहेक अन्य ब्याटरको उल्लेख्य प्रदर्शन रहेन।

स्कटल्यान्डका लागि माइकल लिस्कले ८.२ ओभरमा २४ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै सफयान शरिफ, र मार्क वाटले तीन–तीन विकेट लिए।

मंगलबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालसँग नामिबिया दुई विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ