६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नामिबियामाथि स्कटल्यान्डको १० विकेटको जित

३ फाल्गुन २०७९, बुधबार ०८:३१

फागुन ३, काठमाडौँ | काठमाडौँमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक सिरिजमा नामिबिया लगातार दोस्रो खेलमा पराजित भएको छ।

स्कटल्यान्डले नामिबियामाथि १० विकेटको रवाफिलो जित हासिल गर्दै विश्वकप क्रिकेट लिग-२ को उपाधि नजिक पुग्यो।

टियू मैदान कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको नामिबिया ३९.२ ओभरमा अलआउट हुँदै १५३ रनमा समेटियो। जवाफमा उक्त लक्ष्य स्कटल्यान्डले २२.१ ओभरमा बिना विकेट गुमाएर पूरा गरेको थियो।

स्कटल्यान्डको जितमा ओपनरहरु क्याली कोएटजर र जर्ज मुन्सीले अविजित इनङ खेलेका थिए। मुन्सीले ६१ बलमा शतक प्रहार गर्दा क्याली ४६ रन बनाएर अविजित रहे।

जितका लागि १ रन चाहिएको अवस्थामा ९९ रनमा रहेका मुन्सीले ४ रन प्रहार गर्दै १०३ रनको अविजित इनिङ खेल्दै टिमको जित निश्चित गरेका थिए।

त्यसअघि पहिलो ब्याटिङ गरेको नामिबियाका लागि ओपनर लो ह्यान्ड्रे लउरेन्सले सर्वाधिक ५४ रन बनाउँदा बर्नार्ड स्कोल्जले ३० रन बनाएका थिए।

त्यस्तै, जिन ग्रिनले २५ रन बनाउनु थप दोहोरो स्कोरका रूपमा रह्यो। नामिबियालाई सस्तैमा समेट्ने क्रममा स्कटल्यान्डका लागि माइकल लिस्कले ४ विकेट लिँदा सफ्यान सरिफ र मार्क वाटले समान ३-३ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ