फागुन ५, काठमाडौँ | आइसीसी विश्वकप एक दिवसीय त्रिकोणात्म्क सिरिजमा दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको छैटौं विकेटका लागि १०० रनको साझेदारी तोडिएको छ।
कुशलले ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रन बनाएका हुन् । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो व्यक्तिगत उच्च प्रदर्शन हो । एक दिवसीय सिरिजमा कुशलको यो दोस्रो अर्धशतक हो। यसअघि उनले डेब्यु खेलका क्रममा अमेरिकाविरुद्ध अर्धशतक हानेका थिए।
स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १८४ रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा दीपेन्द्र सिंह ऐरी ४९ र गुल्सन झा २ रन बनाएर खेलिरहेका छन्।
ओपनर कुशल भुर्तेल १६ रनमा पवेलियन फर्के। आशिफ शेख ९, ज्ञानेन्द्र मल्ल ४, कप्तान रोहित पौडेल ६ र कुशल मल्ल ८१ रनमा आउट भए।