नेपाललाई जितका लागि १० ओभरमा ४४ रन आवश्यक !

Posted on: 17 Feb, 2023

फागुन ५, काठमाडौँ | कीर्तिपुरमा जारी स्कटल्याण्डविरुद्धको एकदिवसीय सिरिजको खेलमा नेपाललाई जितका लागि १० ओभरमा ४४ रन आवश्यक छ ।

टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो। 

४० औं ओभरको समाप्तिमा नेपालले ७ विकेट गुमाएर २३१ रन बनाएको छ।

नेपालका लागि कुशल भुर्तेलले १६ रन बनाउँदा आशिफ शेख ९, कप्तान रोहित पौडेल ६, ज्ञानेन्द्र मल्ल ४ , सुन्दीप जोराले ५ रन बनाए। त्यस्तै,  कुशल मल्ल ८१ रन बनाएर आउट भए भने गुल्सनले २८ बलमा १ चौकासहित १७ रन बनाए। विकेट जोगाउन संघर्ष गरिरहेको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी क्रिजमा छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!