६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीप लामिछानेसँग स्कटल्याण्डका खेलाडीहरुले हात मिलाएनन् !

५ फाल्गुन २०७९, शुक्रबार ११:४८

फागुन ५, काठमाडौं । स्कटल्याण्डका खेलाडीले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका छन् । क्रिकेटमा खेल सकिएपछि दुवै टिमका खेलाडीबीच हात मिलाएर भातृत्व आदानप्रदान गर्ने प्रचलन रहेको छ ।

नेपालसँग ३ विकेटले पराजित भएको स्कटल्याण्डका खेलाडीहरुले नेपालका अन्य खेलाडीहरुसँग हात मिलाए पनि लामिछानेसँग भने हात मिलाएनन् । सन्दीप लामिछानेमाथि नाबालिग बलात्कारको आरोप छ । अदालतबाट धरौटीमा छुटेका अभियुक्तलाई राष्ट्रिय टिममा राखेको भन्दै क्यानको आलोचना भएको थियो ।

नेपाल टिममा लाइनको अन्तिममा रहेका सन्दीपसँग स्कटिस खेलाडीले हात मिलाउन अस्वीकार गरेका हुन् । क्रिकेट स्कटल्याण्डले लामिछानेको कानुनी स्थितिको बारेमा आफू जानकारी भएको भन्दै  आफूहरु सबै प्रकारका दुर्व्यवहारहरू विरुद्ध  रहेको बताएको थियो । क्रिकेट स्कटल्याण्डले  भनेको थियो – ‘सञ्चालक निकायको रूपमा र एक टोलीको रूपमा, क्रिकेट स्कटल्याण्ड सबै प्रकारका दुर्व्यवहारहरू विरुद्ध दृढ रूपमा खडा छ, जसको आधुनिक समाजमा कुनै स्थान छैन ।' 

सन्दिपको आजको पर्दर्शन पछि नेपाली स्समर्थकहरुले भने खुलेर जयजयकार गरे । जवाफमा लामिछानेले पनि सबैलाई मायाँको सम्वोधन फर्काएका थिए । आजको खेलमा सन्दीपले स्कटल्याण्डविरुद्ध १० ओभर खेल्दै २७ रन मात्र खर्चेर ३ विकेट लिएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ