नामिबियाद्वारा नेपालसामु २ सय ७५ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट

Posted on: 18 Feb, 2023

फागुन ६, काठमाडौँ | आईसीसी विश्व क्रिकेट लीग टुअन्तर्गत नामिबियाविरुद्ध दोस्रो खेलमा नेपालले २७५ रनको लक्ष्य पाएको छ। 

टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले पूरा ओभरमा ६ विकेट गुमाउँदै विशाल २७४ रन बनाउन सफल भयो।

नामिवियाका लागि जेन ग्रिन र रुवेन ट्रम्पलम्यानले ७५  र २४ रन बनाएर ५० ओवर समाप्त गरेका हुन् |

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने करण केसीले १ विकेट लिए । नेपालले यसअघि प्रतियोगितामा खेलेका दुवै खेल जितेको थियो ।

त्यस्तै दीपेन्द्रसिंह ऐरीले १, सोमपाल कामीले १ विकेट लिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!