नामिबियामाथि नेपालको ३ विकेटको सानदार जित

Posted on: 18 Feb, 2023

फागुन ६, काठमाडौँ | कीर्तिपुरमा जारी नामिबियाविरुद्ध एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले नामिबियामाथि ३ विकेटको जित हासिल गरेको छ । 

२७५ रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर जित हासिल गरेको हो । 

टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनाएको थियो। 

नेपालका लागि कुशल भुर्तेलले १ रन बनाउँदा ज्ञानेन्द्रले ७४, आशिफ शेख ८१ रन, रोहितकुमार पौडेल ३९ रन, दीपेन्द्रसिंह ऐरी १ रन बनाएर आउट भएका हुन्। एकै खेलमा तीनजना ब्याटरले अर्धशतक बनाएर नेपाललाई जित दिलाए । नेपालले यसअघि प्रतियोगितामा खेलेका दुवै खेल जितेको थियो ।

लगातार तेस्रो खेल जितेको नेपालले तीनै खेलमा शानदार ब्याटिङ प्रदर्शन गरेको छ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले पहिलोपल्ट लगातार तीन खेल जितेको हो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!