६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

स्कटल्यान्डद्वारा नामिबियालाई २२२ रनको लक्ष्य

८ फाल्गुन २०७९, सोमबार ०७:२६

फागुन ८,  काठमाडौँ | आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत त्रिदेशीय शृंखलामा सोमबार स्कटल्यान्डले नामिबियालाई दुई सय २२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरमा जारी त्रिदेशीय एकदिवसीय शृंखलामा अन्तिम खेल खेलिरहेको नामिबियाले ४८.४ ओभरमा सबै विकेट गुमाएर दुई सय २१ रनको योगफल तयार गर्‍यो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डका लागि क्रिस्टोफर म्याक ब्राइडले ७५ बलमा सात चौकासहित सर्वाधिक ४७ रनको योगदान गर्दा कप्तान रिची बेरिङ्टनले ३२ रन जोडे। यस्तै, टोमस म्याकिन्टोसले ३४, माइकल लिस्कले २९ तथा लियाम नेलरले २० रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नामिबियाका लागि रुबेन ट्रम्पेल्म्यानले ९.४ ओभरमा ३० रन खर्चेर सर्वाधिक पाँच विकेट लिँदा टाङ्गेनी लुङ्गामेनीले दुई विकेट लिए। बर्नार्ड स्कोल्ज, बेन शिकोङ्गो र पिकी या फ्रान्सले नामिबियाका एक–एक ब्याटरलाई घर फर्काएका थिए।

पहिलो खेलमा नेपाल, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नेपालसँग नै पराजित भएको नामिबिया यो शृंखलामा जितविहीन छ। नेपालसँग पराजित भएको स्कटल्यान्ड दोस्रो जितको खोजीमा छ। शृंखलाको अन्तिम खेलमा मंगलबार नेपाल र स्कटल्यान्ड भिड्ने छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ