६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आदिल अन्सारीले गरे फिक्सिङ आरोप अस्वीकार, कम्मरको दुखाइले वाइड र नो बल भएको दाबी (बयानसहित)

८ फाल्गुन २०७९, सोमबार ०८:५०

फागुन ८, काठमाडौँ | स्पट फिक्सिङ आरोपमा पक्राउ परेका क्रिकेटर आदिल अन्सारीले आफुमाथि लागेको आरोप अस्वीकार गरेका छन् । आफूलाई फिक्सिङका लागि अप्रोच आएको भए पनि त्यसलाई आफूले स्वीकार नगरेको उनको दाबी छ ।

आफुलाई भएको अप्रोचका विषयमा एन्टी करप्सन युनिटलाई जानकारीसमेत गराएको बयान आदिलले प्रहरीलाई दिएका छन् । खेलका क्रममा फ्याकेको ‘नो बल’ नियतवश नभएको उनले बताएका छन् ।


यस्तो छ काठमाडौं जिल्ला सरकारी वकिलसँग अन्सारीले गरेको बयानः

हाल सम्पन्न भएको नेपाल टी-२० लिग शुरु भएको केही दिनपछि सामान्य चिनजान भएका भारतका समिर शेख भन्ने व्यक्तिले म पनि लिगमा खेल्न लागेको थाहा पाई मलाई मैले प्रयोग गर्ने मोबाइल नम्बरमा हेलो भनी मेसेज पठाएका थिए ।

सोपश्चात ह्वाट्स एपमै कल गरी ‘मेरो लागि एउटा नो बल र वाइड बल फालिदेउ, त्यसबापत १ लाख रकम दिनेछु’ भनी प्रस्ताव राखेका थिए । तर मैले निजलाई तत्कालै यस्तो विषयमा मसँग कुरा नगर्नु भनि निजसँग कुरा गर्न छाडिदिएको थिएँ ।

मैले निजको एप्रोच तत्कालै अस्वीकार गरेको हुँ र निजले भनेअनुसार खेल खेलेको पनि छैन । सो विषयमा नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासलाई समेत जानकारी गराएको थिएँ ।

सन् २६ डिसेम्बर २०२२ मा भएको खेल खेल्ने क्रममा बायाँ भागको कम्मरको नशामा समस्या आएपछि मैले तत्काल टीम कोचलाई जानकारी गराएपछि हाम्रो टीमको फिजियोथेरापिस्ट कर्मा छोडोन गुरुङले मलाई सामान्य उपचार गरिसकेपछि म पुनः खेल खेल्नको लागि मैदानमा गएको थिएँ ।

सो पश्चातको खेलमा पनि मैले अलराउण्डरको रुपमा खेल खेलि बलिङ गरेको थिएँ । हाम्रो टिममा तिव्रगतिको बलर नभएको कारण मलाई नै बलिङ गर्नको लागि कोचले निर्देशन दिएको कारण मैले बलिङ गरेको थिएँ ।

मलाई बायाँ भागको कम्मरमा समस्या आएकै कारण मिति २०७९ पौस १२ गते सम्पन्न भएको काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीचको खेलको बाह्रौँ ओभर र मिति २०७९ पौष १४ गते सम्पन्न भएको जनकपुर रोवल्स र फार वेस्ट यूनाईटेड बीचको खेलको छैठौं ओभरमा दुखाईको कारण एक नो बल र एक वाईड बल हुन गएको हो । मैले समिर शेखले भनेअनुसार बलिङ गरेको होइन ।

सामान्य रकम प्रस्ताव गरेको हुँदा मैले यसमा निजले मसँग मजाक गरेका होलान् भनि गम्भीरतापुर्वक लिएको थिइनँ । खेलकै दौरान मलाई कल आएको एक-दुई दिनपछि विभिन्न सञ्चारमाध्यमहरुमा म्याच फिक्सिङ र स्पट फिक्सिङका बारेमा समाचार प्रकाशन-प्रसारण भएको र सर्वसाधारण समेतले यस बारेमा चर्चा–परिचर्चा हुन थालेपछी समिर शेखले मलाई फिक्सिङमा प्रयोग गर्न खोजेको हुनसक्छ भनि नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासलाई उक्त एप्रोचको बारेमा जानकारी गराएको हुँ ।

निजको सल्लाह बमोजिम सोको भोलिपल्ट एन्टी करप्सन युटिन म्यानेजर बिर सिंहलाई जानकारी गराएको हुँ ।

मैले निज समिर शेखले भने अनुसार खेल नखेलको र निजसँगबाट रकम समेत लिएको छैन । तर निज समिर शेखले मजाक मजाकमा नो बल र वाईड बल फाल्न भनेपछि निजलाई मैले अब यस्तो नगर्नु भनि चेतावनीसमेत दिएर निजसँग कुरा गर्न छाडेको थिएँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ