स्कटल्याण्डविरुद्धको अन्तिम खेलमा टस जितेर बलिङ गर्दै नेपाल

Posted on: 21 Feb, 2023

फागुन ९, काठमाडौं | आईसीसी लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो  दिएका हुन् ।

नेपाल आजको खेलमा जित निकाल्दै घरेलु मैदानमा भएका यस सिरिजका सबै खेलहरू जित्ने योजनमा छ । 

नेपालले जारी घरेलु मैदानमा भएको सिरिजको पहिलो खेलमा नामिबीयालाई २ विकेटले तथा शुक्रबार भएको दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेट र तेस्रो खेलमा नामिबीयालाई ३ विकेटले पराजित गरेको थियो ।

लिग २ मा नेपाल २७ खेलमा २४ अङ्कका साथ छैटौँ स्थानमा छ ।  स्कटल्यान्ड ३५ खेलमा ५० अङ्कका साथ शीर्ष स्थानमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!