नेपाल र स्कटल्याण्डबीच खेल जारी, सन्दीपले चार र कुशलले लिए एक विकेट

Posted on: 21 Feb, 2023

फागुन ९, काठमाडौं | आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले  पाँच विकेट लिएको छ।

नेपालका लागि  सन्दीप लामिछानेले ४ र कुशल मल्लले एक विकेट लिएका छन्।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २९ ओभरमा ५ विकेट गुमाउदा १४९ रन जोडेको छ।

खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा तीव्र गतिका बलर गुल्झन झाको स्थानमा ललितनारायण राजवंशी फर्किएका छन्। 

सिरिजमा यसअघि नेपालले लगातार तीन खेलमा जित हात पारेको थियो। नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेको थियो। यस्तै नेपालले स्कटल्यान्डलाई हराएको थियो। लिग-२ मा नेपाल २७ खेलबाट २४ अंक जोड्दै छैटौं स्थानमा छ। बाँकी ९ खेल खेल्नुअघि नेपाललाई लिग-२ को  शीर्ष तीनमा पारेर विश्वकप छनोटमा पुग्न पर्ने चुनौती छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!