२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

स्कटल्याण्डको सातौं विकेट पतन, करणलाई पहिलो सफलता

२०७९, ९ फाल्गुन मंगलवार ०६:२४

फागुन ९, काठमाडौं | आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालविरुद्ध स्कटल्याण्डले सातौं विकेट गुमाएको छ । सातौं विकेटको रूपमा स्कटल्याण्डले माइकल लीस्कलाई गुमाएको हो । 

उनलाई करण केसीले ४३.३ ओभरमा शून्यमै क्लिन बोल्ड गरे । यही सिरिजमा माइकलले नेपालविरुद्ध ८५ बलमा ९ छक्का र ३ चौकासहित अविजित १०७ रनको पारी खेलेका थिए ।  

४३ ओभरको तेस्रो बलमा स्कटल्याण्डले म्याथ्यू क्रसलाई ४२ रनमा गुमाउन पुग्यो । उनलाई दीपेन्द्र सिंह ऐरीले रनआउट गरे । स्कटल्याण्डले पाँचौं विकेटको रूपमा थोमस म्याकिन्टोसलाई २१.३ ओभरमा व्यक्तिगत एक रनमा गुमायो । उनलाई नेपाली टोलीका प्रमुख बलर सन्दीप लामिछानेले आउट गरे । 

लामिछानेले काएल कोएट्जर (२२), जर्ज मुन्शे (६०) र कप्तान रिची बेरिङ्टन (०) को विकेट पनि लिइसकेका छन् । उनले ८ ओभर बलिङ गर्दा ३९ रन दिएर महत्वपूर्ण ४ विकेट लिएका छन् ।

स्कटल्याण्डको चौथो विकेट भने कुशल मल्लले लिए । उनले क्रिस्टोफर म्याकब्राइडलाई २२ रनमा आउट गरे । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ३७ ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने