२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालको खराब सुरुवात, ४ विकेट गुमाएर जोड्यो ६० रन

२०७९, ९ फाल्गुन मंगलवार ०८:४६

फागुन ९, काठमाडौं | विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्यान्ड विरुद्ध नेपालले खराब सुरुवात गरेको छ। २१३ रनको लक्ष्य पछ्याएको नेपाल ६० रन जोड्दा चार विकेट गुमाउन बाध्य भएको छ।

नेपाली ओपनर कुशल भुर्तेल लगातार दोस्रो खेलमा १ रनमा नै गुमाउन पुग्दा आसिफ शेख र ज्ञानेन्द्र मल्ल पनि क्रिजमा जम्न सकेनन्। भुर्तेल ४ बलमा १ रन बनाउँदा मार्क वाटद्वारा एलबिडब्लुको सिकार भएका थिए। त्यसपछि आसिफ शेख २३ बलमा १२ रन बनाउँदा ब्रानडन म्याकमुलेनको बलमा केली कोएटजरबाट क्याच आउट भए। नेपालले तेस्रो विकेटका रूपमा ज्ञानेनद्र मल्ललाई २१ रनमा गुमायो। कुशल मल्लले २७ बलमा १ चौका र १ छक्कासहित १७ रन बनाएर आउट भएका हुन् । नयाँ ब्याटरका रुपमा सन्दीप जोरा क्रिजमा पुगेका छन् । 

नेपालले जारी सिरिजमा पहिलो खेलमा नामिबियाले दिएको २८५ रनको लक्ष्य ८ विकेट गुमाएर पूरा गर्दै पहिलो जित निकाल्दा दोस्रो खेलमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य ७ विकेट गुमाएर पूरा गर्दै दोस्रो जित निकालेको थियो। अघिल्लो खेलमा नामिबियाले दिएको २७५ रनकै लक्ष्य नेपालले १५ बल बाँकी हुँदा ७ विकेट गुमाएर पूरा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ