६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालको खराब सुरुवात, ४ विकेट गुमाएर जोड्यो ६० रन

९ फाल्गुन २०७९, मंगलवार ०८:४६

फागुन ९, काठमाडौं | विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्यान्ड विरुद्ध नेपालले खराब सुरुवात गरेको छ। २१३ रनको लक्ष्य पछ्याएको नेपाल ६० रन जोड्दा चार विकेट गुमाउन बाध्य भएको छ।

नेपाली ओपनर कुशल भुर्तेल लगातार दोस्रो खेलमा १ रनमा नै गुमाउन पुग्दा आसिफ शेख र ज्ञानेन्द्र मल्ल पनि क्रिजमा जम्न सकेनन्। भुर्तेल ४ बलमा १ रन बनाउँदा मार्क वाटद्वारा एलबिडब्लुको सिकार भएका थिए। त्यसपछि आसिफ शेख २३ बलमा १२ रन बनाउँदा ब्रानडन म्याकमुलेनको बलमा केली कोएटजरबाट क्याच आउट भए। नेपालले तेस्रो विकेटका रूपमा ज्ञानेनद्र मल्ललाई २१ रनमा गुमायो। कुशल मल्लले २७ बलमा १ चौका र १ छक्कासहित १७ रन बनाएर आउट भएका हुन् । नयाँ ब्याटरका रुपमा सन्दीप जोरा क्रिजमा पुगेका छन् । 

नेपालले जारी सिरिजमा पहिलो खेलमा नामिबियाले दिएको २८५ रनको लक्ष्य ८ विकेट गुमाएर पूरा गर्दै पहिलो जित निकाल्दा दोस्रो खेलमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य ७ विकेट गुमाएर पूरा गर्दै दोस्रो जित निकालेको थियो। अघिल्लो खेलमा नामिबियाले दिएको २७५ रनकै लक्ष्य नेपालले १५ बल बाँकी हुँदा ७ विकेट गुमाएर पूरा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता