रोहित र करणको साझेदारीमा नेपालको रोमाञ्चक जित, सिरिज क्लिन स्वीप

Posted on: 21 Feb, 2023

फागुन ९, काठमाडौं | लिग टू क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ ।

मङ्गलवार भएको खेलमा स्कटल्यान्डले पहिला ब्याटिङ गर्दै २१२ रन बनायो।

यो परिणामसँगै नेपालले त्रिकोणात्मक खेलका सबै चार खेल जितेको छ। नेपालले शृङ्खलाका चारवटै खेल जितेको यो पहिलो पटक हो। अब नेपालको २८ खेलबाट २६ अङ्क भएको छ।

लीग-२ को अङ्कतालिकामा यूएई पाँचौँ स्थानमा छ। उसको २६ खेलबाट २७ अङ्क छ।

सङ्घर्षपूर्ण जित

यसअघि शृङ्खलामा नामिबियालाई दुई खेल र स्कटल्यान्डलाई एउटा खेलमा पराजित गरेको नेपालले मङ्गलवार जितका लागि निकै सङ्घर्ष गर्नुपर्‍यो।

दोस्रो ओभरमा नै नेपालले ओपनर कुशल भुर्तेललाई १ रनको स्थितिमा गुमायो। त्यसपछि पनि विकेट झर्ने क्रम रोकिएन।

सातौँ ओभरमा अर्का ओपनर आशिफ शेख १२ रनमा आउट भए भने खेल सम्हाल्न खोजेका ज्ञानेन्द्र मल्ल १०.३ ओभरमा एलबीडब्ल्यूको सिकार भए।

कप्तान रोहित पौडेल मैदानमा राम्ररी डटिरहँदा उनलाई साथ दिन गएका खेलाडीहरू भने एकपछि अर्को गर्दै आउट भइरहेका थिए।

अठारौँ ओभरको अन्तिम बलमा कुशल मल्ल १७ रन जोडेर बोल्ड भए भने अर्को ओभरमा सन्दीप जोरा एक रनमै बाहिरिए।

दीपेन्द्र सिंह ऐरी (७ रन) र सोमपाल कामी (२ रन) पनि खेलमा जम्न सकेनन्।

सन्दीप लामिछाने ३८.१ ओभरमा आउट हुँदा नेपालले आठ विकेट गुमाइसकेको थियो। त्यतिबेला १३८ रनमा सीमित नेपाललाई कप्तान पौडेल र करण केसीले जितको बाटोमा डोहोर्‍याए।


यस बिषयमा तपाइको प्रतिक्रिया...!