फागुन ९, काठमाडौं | आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा स्कटल्यान्डलाई पराजित गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली टिमलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन्, "आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्विप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाइ ज्ञापन गर्दै सम्पूर्ण खेलाडीहरूको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु," प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।
मंगलबार त्रिवि मैदानमा कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौँ विकेटका लागि कीर्तिमानी ७५ रनको साझेदारी गरेपछि नेपालले स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेको थियो ।