६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

स्कटल्यान्डका प्रशिक्षक भन्छन्- विश्वस्तरीय बलर सन्दीपले हामीलाई दबाबमा पारे

१० फाल्गुन २०७९, बुधबार ०७:०१

फागुन १०, काठमाडौं | खेलपछिको प्रेसमिटमा स्कटल्यान्डको प्रशिक्षकले यस श्रृंखलामा नेपालले आत्मविश्वासपूर्ण प्रदर्शन गरेको बताए । प्रशिक्षक बर्गरले नेपाली टीम कुनै एक वा दुई खेलाडीमा निर्भर नरहेको उल्लेख गरे ।

उनले भने, ‘उनीहरु हरेक म्याचमा आत्मविश्वासी थिए । आत्मविश्वासले नै सफलता दिलाउने हो ।’

उनले थपे, ‘नेपालका धेरै खेलाडीहरुले एकसाथ पर्फम गरेका छन् । एक खेलाडीमा डिपेन्ड छैन । नेपालसँग स्यान्डी (सन्दीप) जस्ता विश्वस्तरीय बलर छन्, जसले देखाए कि उनी कति राम्रो बलिङ गर्न सक्छन् । उनले महत्वपूर्ण विकेटहरु लिएर हामीलाई दबाबमा राखे । अरु बलरहरुले पनि उनलाई राम्रो साथ दिए ।’


एसोसिएटमा सबै टीमहरु प्रतिस्पर्धी रहेको बताउँदै ४ म्याचको श्रृंखला क्लीन स्वीप गर्नु ठूलो कुरा भएको उनले बताए । श्रृंखलाको सुखद अन्त्य गर्न नसके पनि आफूहरुसँग धेरै सुखद अनुभवहरु रहेको उनको भनाइ थियो ।

‘नेपालविरुद्ध हामीले एउटा प्लान बनाएका थियौं । प्लान अनुसार नै चलिरहेको थियो । तर, नेपालका रोहित र करणले खेल हाम्रो हातबाट बाहिर लगे,’ उनले भने ।

स्कटल्यान्डका कप्तान रिची बेरिङटनले पनि प्रतियोगिताभरि नेपालले उत्कृष्ट खेलेको बताए । हरेक कन्डिसनमा आफूहरुले सकारात्मक मनस्थितिमा खेल्न चाहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता