२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

स्कटल्यान्डका प्रशिक्षक भन्छन्- विश्वस्तरीय बलर सन्दीपले हामीलाई दबाबमा पारे

२०७९, १० फाल्गुन बुधबार ०७:०१

फागुन १०, काठमाडौं | खेलपछिको प्रेसमिटमा स्कटल्यान्डको प्रशिक्षकले यस श्रृंखलामा नेपालले आत्मविश्वासपूर्ण प्रदर्शन गरेको बताए । प्रशिक्षक बर्गरले नेपाली टीम कुनै एक वा दुई खेलाडीमा निर्भर नरहेको उल्लेख गरे ।

उनले भने, ‘उनीहरु हरेक म्याचमा आत्मविश्वासी थिए । आत्मविश्वासले नै सफलता दिलाउने हो ।’

उनले थपे, ‘नेपालका धेरै खेलाडीहरुले एकसाथ पर्फम गरेका छन् । एक खेलाडीमा डिपेन्ड छैन । नेपालसँग स्यान्डी (सन्दीप) जस्ता विश्वस्तरीय बलर छन्, जसले देखाए कि उनी कति राम्रो बलिङ गर्न सक्छन् । उनले महत्वपूर्ण विकेटहरु लिएर हामीलाई दबाबमा राखे । अरु बलरहरुले पनि उनलाई राम्रो साथ दिए ।’


एसोसिएटमा सबै टीमहरु प्रतिस्पर्धी रहेको बताउँदै ४ म्याचको श्रृंखला क्लीन स्वीप गर्नु ठूलो कुरा भएको उनले बताए । श्रृंखलाको सुखद अन्त्य गर्न नसके पनि आफूहरुसँग धेरै सुखद अनुभवहरु रहेको उनको भनाइ थियो ।

‘नेपालविरुद्ध हामीले एउटा प्लान बनाएका थियौं । प्लान अनुसार नै चलिरहेको थियो । तर, नेपालका रोहित र करणले खेल हाम्रो हातबाट बाहिर लगे,’ उनले भने ।

स्कटल्यान्डका कप्तान रिची बेरिङटनले पनि प्रतियोगिताभरि नेपालले उत्कृष्ट खेलेको बताए । हरेक कन्डिसनमा आफूहरुले सकारात्मक मनस्थितिमा खेल्न चाहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ