६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकपमा नेपाललाई छनोट गरेर फर्कनेछौं : देव खनाल

१० फाल्गुन २०७९, बुधबार ०७:५५

फागुन १०, काठमाडौं | नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीका कप्तान देव खनालले नेपाललाई विश्वकपमा छनोट गरेर ल्याउने सपना भएको बताएका छन् । नेपाल लामो समयसम्म पनि विश्वकप छनोट नभएका हुँदा यो पटक टिमको सम्भावना भएको बताए । नेपाल आर्यसीसी यू–१९ विश्वकप एसिया क्षेत्र डिभिजन १ को छनोटका लागि यूएई गएको छ । नेपाली टोलीको कप्तानी देव खनालले गर्नेछन् । त्यस्तै नेपालले जगत टमाटाको प्रशिक्षकत्वमा खेल्नेछ ।

‘यसपटक नेपालको विश्वकपमा छनोट हुने राम्रो सम्भावना छ । नेपाललाई यो सफलता दिलाउन सके मलाई पनि राष्ट्रिय टोलीमा आउने वातावरण खुल्नेछ । हाम्रो टिम अहिले सन्तुलित छ,’ खनालले भने । उनले नेपाली यू–१९ टोलीको कप्तानको जिम्मेवारी पाउँदा आफूलाई धेरै खुसी लागेको बताए । उक्त जिम्मेवारीलाई आफूले पूर्णतया राम्रो तरिकाले निभाउने कुरामा पनि विश्वस्त भएको बताए ।

‘टिमको महत्वपूर्ण जिम्मेवारी पाउँदा धेरै खुसी लागेको छ । यो जिम्मेवारीलाई म कुशलताका साथ निभाउनेछु । टिमको जिम्मेवारी नै मेरो हो,’ खनालले भने । नेपालले यस प्रतियोगिताको उपाधि जित्न सकेमा २०२४ मा श्रीलंकमा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता