६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीपलाई यूएई लैजान माग गरेको क्यानको पत्र राखेपले दर्ता नै गरेन

११ फाल्गुन २०७९, बिहीबार ०६:१४

फागुन ११, काठमाडौं | राष्ट्रिय खेलकुद परिषदले क्रिकेट सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टिमको यूएई भ्रमणमा समावेश गर्न कुनै पहल नगर्ने भएको छ । अदालतको फैसलाभन्दा बाहिर गएर केही पनि गर्न नमिल्ने भन्दै राखेप टक्टकिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई यूएई लैजाने वातावरण बनाउनका निम्ति आवश्यक पहल गर्न राखेपसँग अनुरोध गरेको थियो । क्यानका महाप्रवन्धक वृतान्त खनालले अदालतसँग समन्वय गरिदिनका निम्ति राखेपलाई लिखित पत्र पठाएका थिए । तर, क्यानको पत्र राखेपले दर्ता नै गरेको छैन ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले सन्दीपका विषयमा कुनै कानूनी पहल नहुने बताए । उनले आधिकारिकरुपमा क्यानको चिठी दर्ता नभएको समेत जानकारी दिए ।

‘हामीले अदालतको आदेशलाई सम्मान गर्नुपर्छ । विदेश जान नपाउने भनेर स्पष्ट आदेश भएको हुँदा हामी त्यसलाई चुनौती दिन सक्दैनौं । राखेपको धारणा यत्ति हो,’ उनले भने ।

घिसिङले अदालतको पूर्ण सुनवाइबाट मात्रै पुरानो आदेश उल्टिनसक्ने भन्दै अरु विकल्प नरहेको समेत बताए ।

‘हामीले अनुरोध गरेर अदालतको आदेश उल्टिन होइन । पूर्ण सुनवाइकै प्रतीक्षा गर्नुपर्छ । प्रचलित एन र कानूनी अभ्यासभन्दा बाहिर हामी जान सक्दैनौं,’ उनले भने ।

क्यान स्रोतका अनुसार राखेपलाई गत शुक्रबार नै पत्र पठाइएको हो । यसबीचमा क्यानका प्रतिनिधिहरुले राखेपमा पुगेर कुराकानीसमेत गरेका थिए । कुराकानीका क्रममा राखेपका अधिकारीहरुले १२ गतेको पेशीमा नै अदालतसमक्ष यो कुरा राख्न सुझाव दिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता