२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तीन लाख धरौटीमा छुटे क्रिकेटर आदिल

२०७९, ११ फाल्गुन बिहीबार ०८:५०

फागुन ११, काठमाडौं | नेपाल टि २० लिगमा स्टप फिक्सिङको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका अलराउन्डर आदिल आलम तीन लाख धरौटीमा छुटेका छन् । आदिल, मेहबुब आलमसहित तीनै जना तीन लाख धरौटीमा छुटेका हुन् । जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले क्रिकेटर मोहमद आदिल आलम र महबुब आलम तथा पर्साको वीरगन्जका नितेश गुप्तालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले आदिल धरौटीमा छुटेको जानकारी दिएका छन् । आदिलले अदालत सामु आफूले स्पट फिक्सिङ अस्वीकार गरेका थिए । आदिललाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले गत माघ ९ मा प्रकाउ गरेको थियो ।

महबुब आलमले सिनियर टोलीबाट खेलेका दुई खेलाडीलाई प्रस्ताव गरेका थिए । सिआईबीका अनुसार आदिललाई एउटा नो बल र अर्को वाइड फ्याँक्न नै प्रस्ताव आएको थियो । आदिलले त्यसै अनुसार मैदानमा नो र वाइड पनि फ्याँकेका थिए ।

सिआईबीले त्यो आइसिसीको नियम अनुसार एसियुलाई कुनैपनि जानकारी दिएका थिएनन् । आदिल अन्सारीले नेपाल टि२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए ।

गत पुष १९ मा नेपाल टि२० लिगमा खेल मिलेमतो (म्याच फिक्सिङ) र स्पट फिक्सिङ बारे प्रश्न उठेपछि गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई छानविनका लागि निर्देशन दिएको थियो । सिआईबीले आशंका लागेका क्रिकेटरसँग अनुसन्धार गरेको थियो ।

आदिलले नेपालबाट ६ ओडिआई र ८ टि२० आई खेल खेलेका छन् । आदिलले मधेश क्रिकेटबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । आदिल तल्लोक्रममा आक्रामक ब्याटिङसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ