६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यात्रा प्रतिबन्ध लगाएको उच्चको आदेशविरुद्ध सर्वोच्च पुगे सन्दीप

११ फाल्गुन २०७९, बिहीबार ११:३४

फागुन ११, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछाने यात्रा प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । यसअघि, बलात्मकार मुद्धामाथि सुनुवाई गर्दै उच्च अदालतले सन्दीपमाथि यात्रा प्रतिबन्ध लगाएको थियो । यस्तै, २० लाख रुपैयाँ धरौटी सुनाएको थियो ।

यही आदेश पुनरावलोकन गर्न भन्दै लामिछाने आज सर्वोच्च पुगेका हुन् । नेपालमा भर्खरै सम्पन्न भएको त्रिदेशीय क्रिकेट सिरिजमा नेपाली टोलीबाट खेलेका उनी संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा जान पाउनेछैनन् । यही प्रतिबन्ध फुकुवा गर्न माग गर्दै लामिछाने अदालत पुगेका हुन् ।

गत पुस २७ गते उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायधीसद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो । यस्तै, उक्त आदेशमार्फत उच्चले विदेश यात्रामा समेत प्रतिबन्ध लगाएको थियो ।

नेपालले यही फेब्रुअरी २७ देखि यूएईमा त्रिदेशीय सिरिज खेल्ने छ । आईसीसी विश्वकप लिग–टू अन्तर्गत नेपालले यूएईमा ४ खेल खेल्ने तालिका छ । नेपालमा भर्खरै सम्पन्न त्रिदेशीय सिरिजमा नेपाललाई उपाधि दिलाउनेक्रममा ४ खेलबाट १३ विकेट लिएका थिए । उनले सुरुका ३ खेलमा समान ३/३ विकेट र अन्तिम खेलमा ४ विकेट लिएका थिए ।

नेपालले यूएई भ्रमणका क्रममा आयोजक यूएई र पपुवा न्यू गिनी (पीएनजी)सँग समान २÷२ खेल खेल्नेछ । यसका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आज विहीबार १५ सदस्यीय खेलाडीको सूची सार्वजनिक गरिसकेको छ । क्यानले घोषणा गरेको टोलीको सूचीमा लामिछानेको नाम छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता