२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विदेश भ्रमण फुकुवासम्बन्धी सन्दीपको सर्वोच्च अदालतमा सुनवाइ सकियो

२०७९, १२ फाल्गुन शुक्रबार १०:२७

फागुन १२, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेले आफूलाई विदेश भ्रमणको अनुमति दिन माग गर्दै हिजो दिएको निवेदनमा अहिले सर्वोच्च अदालतमा सुनवाइ सकिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई यूएई भ्रमणमा जाने अनुमति दिन अदालतसमक्ष अनुरोध गर्यो । क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई सुरक्षित रुपमा यूएइ लैजाने र फिर्ता ल्याउने जिम्मा आफूहरुले लिने बताएका थिए । उनले यो क्रिकेट श्रृंखला नेपालका लागि एकदमै महत्वपूर्ण भएकाले सन्दीपको उपस्थिति जरुरी रहेकोमा जोड दिए ।  न्यायधीश ईश्वर खतिवडाले केहीबेरमा आदेश सुनाउने तयारी गरेका छन् ।

न्यायाधीश खतिवडाले सन्दीपको क्रिकेट करिअर जिवित रहोस भन्ने आफ्नो व्यक्तिगत चाहना रहेको बताएका छन् । न्यायाधीश खतिवडाले फैसलाको कैफियत प्रतिवेदनबिना कसरी अन्तरकालिन आदेश दिने भन्ने प्रश्न गरेका थिए । उनले नेपालको यूएइ भ्रमण कहिलेदेखि कहिलेसम्मको हो भनेर पनि सोधेका थिए ।

‘म उनको करिअर जिवित रहोस, अझ माथि पुगोस भन्ने चाहन्छु । तर, हामीले प्रक्रिया अनुसार चल्नुपर्छ । सर्वोच्च अदालतभन्दा माथि अर्को निकाय पनि नभएकाले हामीले गम्भीरतापूर्वक सोच्नुपर्छ । विगतमा यस्तो अभ्यास छैन ।’ उनले भने ।

लामिछानेविरुद्ध नाबालिग बलात्कारको अभियोग छ । त्यो मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर त्यसविरुद्ध लामिछानेले गरेको पुनरावेदनमा उच्च अदालतले २८ पुसमा २० लाख धरौटीमा छाड्दा उपत्यका छाड्न नपाइने, विदेश जान नपाइने जस्ता शर्तहरु राखिएको थियो ।

धरौटीमा छुटेपछि क्रिकेट संघले उनको निलम्बन हटायो । लगतै राष्ट्रिय टिममा राख्यो र लिग टू अन्तरगत काठमाडौंमा भएको स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक शृंखला खेल्यो । अर्को शृंखला खेल्न नेपाली टोली भोलि यूएई जाँदैछ ।

क्रिकेट संघले सन्दीपलाई पनि लैजान चाहेको थियो, तर अदालतको शर्तका कारण सम्भव थिएन । त्यसैले सन्दीप विदेश जाने अनुमति माग गर्दै सर्वोच्च गएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने