२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीपजत्तिको खेलाडीले खेल्न पाउनुपर्छ – क्यान अध्यक्ष चन्द

२०७९, १४ फाल्गुन आईतवार ०८:३३

फागुन १४, काठमाडौँ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटमा पूर्वकप्तान सन्दीप लामिछानेले खेल्न पाउनुपर्ने बताएका छन्। 

आज (आइतबार) सुर्खेतमा शुरू भएको नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभामा चन्दले सन्दीप जत्तिको खेलाडीले खेल्न पाउनुपर्ने बताए।

उनले भने, 'अदालतमा मुद्दा चलिरहेको छ, अदालतले गरेको निर्णय सबैले मान्नैपर्छ, उहाँ (सन्दीप) जत्तिको खेलाडीले खेल्न पाउनुपर्छ ।’

अध्यक्ष चन्दले गत पुसमा आयोजित टी २० लिगको पहिलो संस्करणमा स्पट फिक्सिङका दोषीलाई कारबाही गर्ने सम्बन्धमा क्यानमा कुनै विवाद नरहेको बताए ।

'आईसीसीको नियमअनुसार नेपाल प्रहरीले पक्राउ गरेर छानबिन गरिरहेको छ, हामीले कारबाही पनि गरिसकेका छौं, क्यानले अब त्यस्ता गतिविधि हुन दिँदैन,’ उनले भने ।  ​

भोलिसम्म चल्ने साधारणसभामा २०२३ को वार्षिक कार्यक्रम, बजेट र केही समसायिक विषयमा नीतिगत छलफल हुने बताइएको छ । 

अध्यक्ष चन्दले क्यानको कार्य प्रगतिमा स्वच्छता, स्पष्टता कायम गर्दै बिग्रेको छविलाई उम्काउन सफल भएको बताए । आईसीसीबाट सम्मानित हुनु, आर्थिक प्रतिबन्ध फुकुवा हुनु र नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रिय खेलमा प्रगति गर्दै जानुले सफलता मान्न सकिने उनको भनाइ छ ।

यसैबीच, साधारणसभामा क्यानले क्रिकेटलाई सामाजिक सञ्जालमा प्रर्वद्धन गर्न यही वर्षदेखि माकुरा क्रिएसन नामक आईटी कम्पनीसँग सम्झौता गर्न छलफल गर्नेछ । साधारणसभाको उद्घाटन मुख्यमन्त्री राजकुमार शर्माले गरेका थिए । साधारणसभामा ८० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने