६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीपजत्तिको खेलाडीले खेल्न पाउनुपर्छ – क्यान अध्यक्ष चन्द

१४ फाल्गुन २०७९, आईतवार ०८:३३

फागुन १४, काठमाडौँ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटमा पूर्वकप्तान सन्दीप लामिछानेले खेल्न पाउनुपर्ने बताएका छन्। 

आज (आइतबार) सुर्खेतमा शुरू भएको नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभामा चन्दले सन्दीप जत्तिको खेलाडीले खेल्न पाउनुपर्ने बताए।

उनले भने, 'अदालतमा मुद्दा चलिरहेको छ, अदालतले गरेको निर्णय सबैले मान्नैपर्छ, उहाँ (सन्दीप) जत्तिको खेलाडीले खेल्न पाउनुपर्छ ।’

अध्यक्ष चन्दले गत पुसमा आयोजित टी २० लिगको पहिलो संस्करणमा स्पट फिक्सिङका दोषीलाई कारबाही गर्ने सम्बन्धमा क्यानमा कुनै विवाद नरहेको बताए ।

'आईसीसीको नियमअनुसार नेपाल प्रहरीले पक्राउ गरेर छानबिन गरिरहेको छ, हामीले कारबाही पनि गरिसकेका छौं, क्यानले अब त्यस्ता गतिविधि हुन दिँदैन,’ उनले भने ।  ​

भोलिसम्म चल्ने साधारणसभामा २०२३ को वार्षिक कार्यक्रम, बजेट र केही समसायिक विषयमा नीतिगत छलफल हुने बताइएको छ । 

अध्यक्ष चन्दले क्यानको कार्य प्रगतिमा स्वच्छता, स्पष्टता कायम गर्दै बिग्रेको छविलाई उम्काउन सफल भएको बताए । आईसीसीबाट सम्मानित हुनु, आर्थिक प्रतिबन्ध फुकुवा हुनु र नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रिय खेलमा प्रगति गर्दै जानुले सफलता मान्न सकिने उनको भनाइ छ ।

यसैबीच, साधारणसभामा क्यानले क्रिकेटलाई सामाजिक सञ्जालमा प्रर्वद्धन गर्न यही वर्षदेखि माकुरा क्रिएसन नामक आईटी कम्पनीसँग सम्झौता गर्न छलफल गर्नेछ । साधारणसभाको उद्घाटन मुख्यमन्त्री राजकुमार शर्माले गरेका थिए । साधारणसभामा ८० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता