नेपालको पहिलो विकेट पतन, आसिफ ४४ रन बनाएर आउट

Posted on: 27 Feb, 2023

फागुन १५, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा पहिलो विकेट गुमाएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको हो ।

नेपालका आसिफ शेख १५ औं ओभरको पाँचौं बलमा रन आउट भएका हुन् । नेपालले १५ ओभरको समाप्तिमा एक विकेट गुमाएर ७८ रन बनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!